6 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तेक्वान्दोको पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ । नेपालका लागि पार्वती गुरुङले २३–२९ वर्षमा श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । उनले ८.२६० स्कोर गरेकी थिइन् ।

तेक्वान्दोमा नेपालको स्वर्ण संख्या ३ पुगेको छ । त्यस्तै एउटा रजत पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्ष मूनिमा कमलबहादुर श्रेष्ठ, २३ वर्ष मूनि सिना मादेन लिम्बुले स्वर्ण तथा ट्रायथोलनमा सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् । पुम्से १७ देखि २३ वर्षमा कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]