default_image

6 years ago

December 2, 2019

२ छोराकी आमा आयशाले जितिन् स्वर्ण

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तेक्वान्दोको पुम्सेमा चौथो स्वर्ण पदक जितेको छ । सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आशयाले ७.९४० स्कोरका साथ जितेकी हुन् ।

उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक जितेकी थिइन् । कीर्तिमानी तेक्वान्दो दीपक विष्ट आयशाका श्रीमान् हुन् । उनीहरुका दुई छोरा छन् ।


पुम्सेमा यसअघि नेपालका लागि पार्वती गुरुङ, , कमल श्रेष्ठ, सिना मादेन लिम्बुले स्वर्ण पदक जितेका थिए । त्यस्तै कृष्णबहादुर तामाङले रजत पदक जितेका थिए ।

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथोलोन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

Success

Thank you for your time.