default_image

6 years ago

December 2, 2019

महिला टिम पुम्सेमा अर्को स्वर्ण, कुल स्वर्ण १५ पुग्यो

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ ।

२३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । नेपाली टोली ७.९२० स्कोर गरेको थियो । श्रीलंका टोलीले ७.८१० र कास्य पदक विजेता पाकिस्तानको ७.५२० स्कोर प्राप्त गरेको छ ।

त्यसअघि १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको थियो । नेपाली टोली ७.९८० स्कोर गरेको थियो । भारतीय टोलीले ७.९७० र कास्य पदक विजेता बंगलादेशले ७.७६० स्कोर प्राप्त गर्यो ।

समग्रमा नेपालको लागि १३ औं सागमा यो १५ औं स्वर्ण पदक हो । हालसम्म नेपालले कराते र तेक्वान्दोबाट ७-७ र ट्रायथलनबाट १ स्वर्ण जितेको छ । करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जितेका थिए ।

कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ र कुसुम खड्काले स्वर्ण जितिसकेका छन् । तेक्वान्दोमा टिम पुम्सेमा २, पेयर पुम्सेमा १ तथा एकलतर्फ ४ स्वर्ण नेपालले जितेको छ । एकलमा कमल श्रेष्ठ, सिना मादेन, पार्वती गुरुङ र आयशा शाक्यले स्वर्ण जिते ।

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)- कुसुम खड्का

कराते (५० केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन – बसन्त थारु

 

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

Success

Thank you for your time.