default_image

6 years ago

December 3, 2019

महिला भलिबलमा स्वर्णका लागि नेपाल भारतसँग खेल्दै

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा आज स्वर्णको छिनोफानो हुदैछ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले स्वर्णको लागि भारतको सामना गर्दैछ । खेल ४ बजेपछि त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा शुरु हुनेछ ।

बलियो भारतलाई स्तब्ध पार्दै नेपाल साग महिला भलिबलमा पहिलो ऐतिहासिक स्वर्ण जित्ने लक्ष्यमा हुनेछ । फाइनल पुगेर इतिहास बनाइसकेको नेपाल थप अर्काे उपलब्धिको खोजीमा रहनेछ । शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको थियो ।

नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । भारतविरुद्ध नेपालका लागि प्रतिभा माली र सरस्वती चौधरी मुख्य हतियार हुनेछिन् ।

उनीहरुकै उच्च प्रदर्शनमा नेपालले बंगलादेश र श्रीलंकामाथि ३–० को सहज जित हात पारेको थियो । प्रतिभा र सरस्वतीले समूह चरणमा भारतविरुद्धको पहिलो सेटमा उच्च प्रदर्शन गर्दै पहिलो सेटमा जित नजिक पुगेर पनि पराजित भएको थियो ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले फाइनल पुगेर इतिहास रचिसकेको र अब भारतविरुद्ध स्वर्ण जित्ने लक्ष्यमै कोर्टमा उत्रने बताएकी छिन् । उनले समूह चरणमा हार बेहोरेपनि त्यसलाई बिर्सेर टोलीले अझ राम्रो प्रदर्शन गर्न तयार रहेको थपिन् ।

यता, भारत घरेलु समर्थक र घरेलु कोर्टमा नेपाललाई स्तब्ध पार्दै लगातार स्वर्ण आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । नेपालविरुद्ध सुरुवाती सेटमा हार नजिक पुगेर पनि उत्कृष्ट पूनरागमन गर्दै जित निकालेको थियो । भारत सोही प्रदर्शनलाई निरन्तरता दिदै स्वर्ण जित्ने लक्ष्यमा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.