default_image

6 years ago

December 3, 2019

डुवाथोलनमा हिमाललाई स्वर्ण, लक्ष्मणलाई रजत

159 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् । श्रीलंकाका असेस परेराले कास्य पदक जितेका छन् ।

 

डुवाथोलनमा सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २.५ किलोमिटर दौड पुरा गर्नुपर्ने हुन्छ । ट्रायथोलनमा नेपालको पदक संख्या ४ पुगेको छ । सोमबार सोनी गुरुङले ट्रायथोलनमा स्वर्ण पदक जितेकी थिइन् । पुरुषतर्फ बसन्त थारुले कास्य पदक जितेका थिए ।

महिलाको डुवाथोलन केहि समयमा सुरु हुने नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका श्रेष्ठले जानकारी दिए । पहिलो दिन नेपालले तेक्वान्दो, कराते र ट्रायथोलनमा गरि १५ स्वर्ण पदक जितेको थियो । १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या १६ पुगेको छ ।

 

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

Success

Thank you for your time.