6 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजय सिन्जालीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए ।
नेपाली सेनाको लगनखेलस्थित कर्भड हलमा भएको प्रतिस्पर्धामा बंगलादेशका खेलाडी ९.३४ अंक प्राप्त गर्दा श्रीलंका र भारतका खेलाडीले समान ९.१४ अंक बटुले । पाकिस्तानी खेलाडीले ७.३१ अंक जोडेका थिए ।
१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी) – लक्ष्मण तामाङ
कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनी)– कुसुम खड्का
कराते (५० केजी मूनि) अनु अधिकारी
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
ट्रायथलन – सोनी गुरुङ
डुवाथोलन- हिमाल टमाटा
उसु (थाउलो)- विजयी सिन्जाली
रजत पदक
कराते (एकल काता) – चन्चला दनुवार
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
डुवाथोलन -लक्ष्मण मल्ल
कास्य पदक
तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ
पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु
ट्रायथलन – बसन्त थारु
कराते (६० कजी) -राजीव पुडासैनी
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]