6 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेमा अर्को स्वर्ण पदक जितेको छ । नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका छन्। मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्।
यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। पाकिस्तान अहमेद नासिरले भने श्रीलंकाका फ्रान्सिकु सिल्भालाई ७–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। राजिवलाई कास्य बंगलादेशका महम्मद अलामिनले ६० केजी तौल समूह मुनिमा स्वर्ण पदक जिते।
उनले इकबर जफारलाई ७–३ ले पराजित गरे। यो तौल समूहमा नेपालका राजिव पुडासैनी बंगलादेशका अलामिनसँग ७–५ ले पराजित हुँदै कास्यमा सीमित भए। यसअघि पहिलो दिन नेपालले ९ स्वर्णको लागि भएको प्रतिस्पर्धामा ७ स्वर्ण र २ रजत पदक जितेको थियो।
१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१०.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
११.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१२.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१४.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१५.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१६.ट्रायथलन – सोनी गुरुङ
१७.डुवाथोलन – हिमाल टमाटा
१८. उसु (थाउलो) – विजय सिन्जाली
१९. उसु (थाउलो) – सुस्मिता तामाङ
रजत पदक
१.कराते (एकल काता) – चन्चला दनुवार
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
४.डुवा थोलन – लक्ष्मण मल्ला
कास्य पदक
१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ
५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु
६.ट्रायथलन – बसन्त थारु
७.कराते – राजीव पुडासैनी
८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]