6 years ago
December 3, 2019
टीएस ठकुरी,काठमाडौं
घरेलु भलिबलमा सधैं एउटै लयमा खेल्न सक्नु न्यु डायमन्ड एकेडेमीको खास परिचय हो । त्यसैले त धेरै समर्थक कमाएको टिम पनि हो न्यु डायमन्ड । घरेलु भलिबलको प्राय फाइनलिस्ट त्यही न्यु डायमन्डका प्रतिभा माली र सलिना श्रेष्ठले अहिले १३औं दक्षिण एशियाली खेलकुद(साग)मा राष्ट्रिय टोलीका लागि पनि त्यो झझल्को दिएका छन् । प्रतिभा मुख्य तथा ओपन स्पाइकर हुन् भने सलिना लिब्रो ।
शनिबार श्रीलंकाविरुद्ध सागको सेमिफाइनलमा नेपाली टोलीको लय साँच्चिकै लोभलाग्दो देखियो । श्रीलंका र भारत सागमा सदाबहादर प्रतिद्धन्द्धी हुन् । प्रशिक्षक जगदीश भट्टले खेलाडीको समन्वय चुस्त पारिदिएका छन्, आपसी तालमेल मिलेको देखिन्छ । प्रशिक्षक भट्टको टिम समन्वयमा सबै खेलाडीले न्याय गरेका छन् । आज सारा नेपाली स्वर्णको लक्ष्यका साथ कोर्टमा भलिबल खेलाडीलाई हेर्न आतुर छन् । उनीहरु भनिरहेका छन्, –‘स्वर्ण जित, हामी तिमीहरुको साथमा छौं ।’
वास्तवमा भलिबल नेपालको माटो सुहाउँदो खेल हो । ढिलै भएपनि सरकारले राष्ट्रिय खेलको मान्यता दिएर भलिबललाई प्राथमिकिकरण गर्न खोजेको छ । खेलकुदका दुरदर्शी नेता शरदचन्द्र शाहको सोंच थियो भलिबल, भारोत्तोन, बक्सिङ, सुटिङको प्राथमिकीकरण । यसको खास कारण छ । फेरि अर्को आलेखमा उल्लेख गरौंला । तर भलिबलका सन्दर्भमा चाहिं उनले नेपालको भौगोलिक बनोटका कारण सबैको खेल बनाउन खोजेका थिए ।
राज्यले लगानी गरिसकेपछि प्रतिफल पनि दिनुपर्छ । नत्र एकोहोरो लगानी गरिरहन सम्भव पनि हुँदैन । हो नेपाली भलिबलका लागि साग अवसर हो । श्रीलंकालाई जित्नु नै नेपाली महिला भलिबलको स्तरोन्नतिको पुष्ट्याईं हो । यसका लागि नेपाल भलिबल संघले सबै सरोकारवालाई श्रेय बाँड्न सक्नुपर्छ । सबैको साथ, सहयोग, लगन र मेहनतका कारण नै महिला भलिबल टोली पहिलोपटक सागको फाइनल यात्रा गर्न सफल भएको हो ।
सबैभन्दा बढी हकदार फेरिपनि खेलाडी नै हुन् । यसपटक नेपाल भलिबल संघले खेलाडी छनोटमा ठुलो जोखिम मोलेकै हो । तर, त्यसको जवाफ खेलाडीले कोर्टबाट दिएका छन् । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार अरुणा शाहीको कप्तानी जित ऐतिहासिक बनिसक्यो । अब अर्को सुनौलो इतिहास प्रतिक्षा गरेर बसेको छ ।

अरुणाको सेटर पोजिसनमा सबैले विश्वास गरेका छन् । सेटर हरेक टोलीका लागि भरपर्दो मानिन्छ । उ चाबी हो । जसलाई पनि खोल्न सक्ने र बन्द गर्न सक्ने सामथ्र्य सेटरसँगै हुन्छ । उसले नै हो टिम हाँक्ने । एक जनाले पुरै टिम परिचालन गर्नुपर्दा थकावट महसुस गर्नु स्वभाविक हो । त्यतिबेला प्रतिस्थापन गर्ने दोस्रो रोजाइकी सेटर कमला पुनले पनि कमी हुन दिएकी छैनन् । यसअघि कमलाको पोजिसन लिब्रो थियो । लिब्रो भन्दा कमला सेटरमा जम्ने संकेत गरिसकेकी छिन् ।
लिब्रो पोजिसनका लागि त निर्विवाद उनै कुमार राइकी चेली सलिना श्रेष्ठ पुर्ण छिन् । कसैलाई औंला उठाउन दिएकी छैनन् । लामो कद चाहिने भलिबलमा होची भएर पनि उनको खेल कलाले कद उचो बनाइदिएको छ । सायद प्रशिक्षक भट्टले उनको यो प्रतिभा पहिचान गरे । प्रशिक्षक भट्ट यी र यस्ता सवालमा यसपटक सफल देखिएका छन् ।
साइड स्पाइकरमा रेश्मा भण्डारी जहिल्यै न्याय गर्न सक्ने खेलाडीमा पर्छिन् । उनमा शंका गर्नुपर्दैन । श्रीलंका विरुद्धको खेल हेर्दा सफिया र सुनिता पनि परिपक्व एवं अनुभवी खेलाडी जसरी प्रस्तुत भए । उनीहरुको आत्मविश्वास पनि लोभलाग्दो देखिन्छ । प्रशिक्षकले यी साग डेब्युकर्तालाई जसरी कोर्टमा उतारेका छन्, यिनीहरुले न्याय गरेका छन् ।

सरस्वती चौधरी निसन्देश उच्च कोटीकी खेलाडी हुन् । उनलाई आज फाइनलमा पनि ब्याकअप राखेर खेलाउन सक्नुपर्छ । उनी चढ्दा निकै माथि चढेर खेल्ने र एकाध बल बिग्रदा ह्वात्तै मनोबल गिराउने स्वभाव भएकी खेलाडी हुन् । यसमा प्रशिक्षक र कप्तान(सेटर) चनाखो बन्नुपर्ने देखिन्छ । प्रतिभालाई अलराउण्ड खेलाउन सकिन्छ । उनी जति खेलाए पनि खेल्न सक्ने प्रतिभा भएकी खेलाडी हुन् । नाम र काम उस्तै छ । उनको प्रतिभासँग कसैले शंका नगरे हुन्छ ।
राष्ट्रिय टोलीको प्रारम्भिक छनोटले हल्का आलोचना खेप्नुपरेका बेला मैले एकदिन छनोट समितिका सदस्य समेत रहेका प्रशिक्षक भट्टलाई सोधेको थिएँ, –‘के नेपाल यसपटक सागमा फाइनल पुग्छ त?’ उनले त्यतिबेला आत्मविश्वास प्रकट गर्न सकेका थिएनन् । उनले यति जवाफ दिए –‘हामी पदकको त यसै भन्न सकिन्न, कास्य पनि नजित्न सक्छ । तर हामीले नयाँ खेलाडी छानेर नेपाली भलिबलको राम्रोकै लागि यो सब गरेका हौं ।’

मैले त्यतिबेलै भनेको थिएँ, –‘दक्षिण एशियाली राष्ट्रहरुमाझ नेपालको कास्यपदक पक्का हो, फाइनल पुग्यो भने पनि तपाईंहरुको छनोट सही रहेछ भनौंला ।’ वास्तवमा संघको त्यो निर्णय सही रहेछ भन्ने सावित भएको छ । अब नेपाली महिला भलिबल अझै माथि जानसक्ने संकेत मिलिसकेको छ । यसका लागि फेरि पनि संघसँग स्पष्ट योजना र कार्यान्वयन पक्ष चुस्त हुनैपर्छ ।
तर, यति चाहि भन्न सकिन्छ, साग सेमिफाइनल परिदृष्यले नेपाली महिला भलिबलको स्तरोन्नति भएको छ । किनकी श्रीलंका अहिलेसम्मकै सदाबहार उपविजेता हो । नेपाल पहिलोपटक फाइनल पुगेको हो । यसअघि तीन पटक कास्यपदकमै चित्त बुझाएको थियो । सागमा श्रीलंकालाई पराजित गरेर फाइनल यात्रा तय गर्नु नै ठुलो उपलब्धि हो । घरेलु कोर्ट हरेक खेलाडीका लागि अर्को अवसर हो । आफन्तीजन, साथीभाइ र सारा समर्थकलाई आफ्नो प्रतिभा देखाउने अवसर हो । नेपाली टोलीलाई स्वर्णको जितसँगै स्वर्ण क्षण बनाउन शुभकामना ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]