default_image

6 years ago

December 5, 2019

सागमा नेपालले स्वर्ण पदकको आफ्नै कीर्तिमान तोड्यो

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अहिलेको दक्षिण एसियाली खेलकुद (साग) तथा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुदमा नेपालले अहिले सम्मकै उच्च प्रदर्शन यसपटक गरेको छ । यसअघि आठौं संस्करणको सर्वाधिक स्वर्ण पदक संख्यालाई नेपालले यसपट कतोडेको छ तोडेको छ ।

नेपालले पहिलो पटक समावेश तेक्वान्दो र करातेमा क्लिन स्विप नै गरेको थियो । जसका कारण नेपाल पहिलो पटक साग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको थियो । नेपालमा आयोजना भएको त्यो संस्करणमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो । जसमा तेक्वान्दो र करातेमा समान १४, बक्सिङमा २ र पौडीमा १ गरि ३१ स्वर्ण पदक जितेको छ ।

यसपटक १३ औं साग औपचारिक रुपमा सुरु भएको पाँच दिन पुग्दैछ । नेपालले आठौंको त्यो स्वर्णको कीर्तिमानलाई तोडेको छ । साइक्लिङको क्रस कन्ट्रीमा बिहीबार लक्ष्मी मगरले स्वर्ण पदक जितेसँगै यसपटक नेपालको स्वर्ण संख्या ३१ पुगेको छ । बिहीबार नै बुद्धिबहादुर तामाङले साइक्लिङकै क्रस कन्ट्रीमा स्वर्ण जित्दै यसअघिको कीर्तिमानलाई तोडेका छन् ।

साग सुरु हुनुअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले यसपटक नेपालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने दाबी गरेका थिए । उनले दाबी गरे जस्तो नेपालको प्रदर्शन होला न होला त्यसका लागि अझै केहि दिन कुर्नुपर्ने हुन्छ । यसपटक पनि नेपालले तेक्वान्दो र करातेमा उच्च प्रदर्शन गरेको छ ।

तेक्वान्दोले मात्र ११ र करातेले १० गरि यी दुई खेलले २१ स्वर्ण पदक जितिसकेका छन् ।  त्यसबाहेक नेपालले उसुमा ४ , साइक्लिङमा ४, ट्रायथोलन २ र एथलेटिक्स १ जितेको छ । यद्दपी आठौं संस्करणमा भन्दा यसपटक खेल संख्या बढेको छ । त्यति बेला १२ खेल समावेश थिए भने यसपटक २६ खेल समावेश छन् ।

१३ औं सागमा नेपालका लागि स्वर्ण पदक विजेताहरु :

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ

आठौं सागका स्वर्ण पदक विजेता, सन् १९९९

१. प्रकाश थापागमर, बक्सिङ

२. रामचन्द्र थापामगर, बक्सिङ

३. रवि महर्जन, कराते

४. दीपक श्रेष्ठ,कराते

५. धोजमान मोक्तान, कराते

६. सुरेन्द्रलाल श्रेष्ठ, कराते

७. राजेश श्रेष्ठ, कराते

८. कृष्ण गुरुङ, कराते

९. प्रिति डंगोल, कराते

१०. टिम काता, कराते

११. गंगाराम महर्जन ( काता) कराते

१२. निता राई, कराते

१३. निमा पाठक, कराते

१४. जुनु राई, कराते

१५. विनिता चौधरी, कराते

१६. टिम काता (महिला), कराते

१७. पौडी (रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह)

१८. संगिना बैद्य, तेक्वान्दो

१९. रेनुका रानामगर, तेक्वान्दो

२०. सविता राजभण्डारी, तेक्वान्दो

२१. प्रमिला थापा, तेक्वान्दो

२२. बन्दना श्रेष्ठ, तेक्वान्दो

२३. रितु जिमी राई, तेक्वान्दो

२४. किशोर श्रेष्ठ, तेक्वान्दो

२५. अशोककुमार लामा, तेक्वान्दो

२६. कोशिस खड्का, तेक्वान्दो

२७. दीपक विष्ट, तेक्वान्दो

२८. रवि उज्वज थपलिया, तेक्वान्दो

२९. कमल क्षेत्री, तेक्वान्दो

३०. राजकुमार राई, तेक्वान्दो

३१. सीता राई, तेक्वान्दो

 

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

Success

Thank you for your time.