6 years ago
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए ।

गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए । सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा दुरी पुरा गरे । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।
दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीले अन्तिम १ सय मिटरमा मात्र अग्रता लिएका थिए । भारतका सुनिलले अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एक समय झन्डै २० मिटरको अग्रता बनाएका थिए । तर गोपीले आफ्नो गति बढाउँदै अन्तिम १ सय मिटर बाँकी रहँदा अग्रता लिन सफल रहे ।

योसँगै एथलेटिक्समा नेपालले १३ औँ सागमा दोस्रो स्वर्ण जितेको छ । यसअघि सन्तोषीले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ ।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीले आज प्लेइङमा एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिथको स्थानमा मोभिन सुभासिंहालाई मौका दिइएको छ। सुदूरपश्चिमले आज २ परिवर्तन गरेको […]