6 years ago
December 6, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं साग अन्तरगतकाे टेबल टेनिसका नेपाल च्याम्पियन स्यान्टु श्रेष्ठ र पुरुषाेत्तम बज्राचार्य पुरुष एकलमा कास्यपदक जितेका छन् ।
लैनचाैरस्थित टेबल टेनिस हलमा शुक्रबार भएकाे सेमिफाईनलमा स्यान्टु भारतका अमरलाज एन्थाेनीसँग ४-० काे सेटमा पराजित भए । ११-४, १२-१०, ११-८ र ११-३ काे सेटमा पराजित भए ।
यस्तै पुरुषाेत्तम पनि भारतका हर्मित देशाइसँग ४-० काे साेझाे सेटमा पराजित हुँदै कास्यमा सीमित बनेकाे हाे । पुरुषाेत्तमा देशाईसँग ११-५, ११-४, ११-१ र ११-४ काे सेटमा पराजित भए । यद्यपि याे टेबल टेनिसमा सबैभन्दा राम्राे नतिजा हाे ।
याे स्पर्धामा भारतका अमरलाज एन्थाेनीले आफ्नै देशका हर्मित देशाईलाई ४-३ काे सेटमा पराजित गर्दै स्वर्ण जिते । निकै नै प्रतिस्पर्धात्मक खेलमा अमरलाजले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेकाे हाे । अमरलाजले हर्मितमाथि ६-११, ९-११, १०-१२, ११-९, ११-७, ११-४ र ११-७ काे सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।
महिलातर्फ भारतका सुतिर्था मुखर्जीले आफ्नै देशकी एहिका मुखर्जीलाई ४-२ काे सेटमा हराएर स्वर्ण जितिन् । एहिकाले सुतिर्थाले एहिकामाथि ८-११, ११-८, ६-११, ११-४, १३-११ र ११-८ काे जित निकालिन् । याे स्पर्धामा श्रीलंकाले कास्य हात पारेकाे छ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]