6 years ago
December 6, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबलमा शुक्रबार भने नेपाली टोलीले सुखद नतिजा निकालेका छन् । पुरुष र महिलातर्फका २/२ टोलीले नै जित हासिल गरेका छन् ।
फेवाताल किनारको बाराही मैदानमा भएको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले हरायो । राजु विक र सञ्जु शाहको जोडीले बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद अलि शाहजहाँको जोडीलाई २२–२० र २१–१६ ले पराजित गर्यो ।
महिलातर्फ नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–५ र २१–६ ले हरायो । खुट्टाको चोटका बावजुद पनि नेविका चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीले माल्दिभ्सकै जिनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–१२ को पराजित गर्यो ।
शुक्रबार पहिलो खेलमा बंगलादेशका शेख मोहम्मन साने र हैदर मोहम्मद इमरानको जोडी श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडी १३–२१ र १७–२१ ले पराजित भयो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीसँग १८–२१ र १३–२१ ल हार ब्यहो¥यो ।
बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद शाहजहाँ अलिको जोडी श्रीलंकाको प्रदीप असंका र अशेन कुमाराको जोडीसँग १८–२१ र ११–२१ ले पराजित बन्यो । माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीले पाकिस्तानको मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीलाई २१–१९ र २१–१७ ले हराउन सफल भयो ।
श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीलाई २१–१० र २१–१६ को सेटमा हरायो । श्रीलंकाकै प्रदीप असंका र अशेन कुमाराको जोडीले माल्दिभ्सका एडम नसीम र मोहम्मद अलिको जोडीलाई २१–१४ र २१–१३ को सेटमा हरायो ।
पुरुषतर्फ समूह ‘ए’ र समूह ‘बी’ मा श्रीलंकाका दुई टिम ६/६ अंकसहित शीर्षस्थानमा छन् । नेपालको दुवै टिम अंक तालिकाको तेस्रो स्थानमा छन् । शनिबार लिग चरणका खेल हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]