6 years ago
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौ दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा जुडो तथा ३ वाई ३ बास्केटबल शुरु हुदैछ ।

शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल (३ वाई३), बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुरमा हुनेछ । पदक तालिकामा छैटौ दिनसम्म भारतले ८१ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
आर्चरी
पोखरामा हुने आर्चरीतर्फ नेपालसहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ । अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । शुक्रबार र्याङकिङ राउण्ड हुने छ । नेपालले कमजोर शुरुवात गर्दा बंगलादेश अघि रहेको छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्नेछन् । आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन् । अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।
एथ्लेटिक्स
एथ्लेटिक्सतर्फ अन्तिम दिन आज म्याराथनमा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ७ बजेबाट सुरु हुने म्याराथनमा नेपालको तर्फबाट पुरुषतर्फ होमलाल श्रेठ, किरणसिंह बोगटी र महिलामा पुष्पा भन्डारी र राजपुरा पछाईले प्रतिस्पर्धा गर्नेछन् ।
बास्केटबल
बास्केटबलमा शनिबार महिला दुई र पुरुषमा तीन खेल हुनेछ ।
बक्सिङ
साग अन्तर्गत बक्सिङमा आज विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
क्रिकेट
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुरुषतर्फ दुई खेल हुनेछन् । पहिलो खेलमा नेपाल र बंगलादेश तथा दोस्रो खेलमा माल्दिभ्स र भुटानबीच खेल हुनेछ । नेपाललाई फाइनल पुग्न बंगलादेशलाई पराजित गर्नैपर्ने हुन्छ । महिलातर्फ पोखरा क्रिकेट मैदानमा तेस्रो स्थानको लागि खेल हुनेछ ।
साइक्लिङ
साइक्लिङ अन्तर्गत अन्तिम दिन शनिबार महिला र पुरुषको व्यक्तिगत रोडरेस हुनछे । प्रतिस्पर्धा रिङरोडा हुनेछ ।
फेन्सिङ
फेन्सिङतर्फ शनिबार तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नयाँ बजार कीर्तिपुरमा हुने स्पर्धामा मेन्स फोइल इन्डिभिजुअल, वुमन्स साब्री इन्डिभिजुअल र वुमन्स इपी इन्डिभिजुअलमा शुरुवातदेखि स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
फुटबल
फुटबलतर्फ शनिबार दुई खेल हुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो १ः३० बजे घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्दैछ । यो खेलमा जित हात पारे नेपालको फाइनल पुग्ने सम्भावना बलियो रहनेछ । अपराजित नेपाल ४ अंक जोडेर दोस्रो स्थानमा छ ।
आजै शीर्षस्थानमा रहेको भुटानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५ः३० बजे शुरु हुनेछ । भुटानले जित हात पारे फाइनलमा स्थान बनाउनेछ ।
यस्तै महिला तर्फ आज राउन्ड रोविनको अन्तिम दिन दुई खेल हुनेछ । पोखरा रंगशालामा श्रीलंका र माल्दिभ्स बीच पहिलो खेल हुनेछ । भारत र नेपालबीच दोस्रो खेल हुनेछ । नेपाल र भारतले ९ डिसेम्वरमा स्वर्णका लागि खेल्नेछ ।
ह्यान्डबल
ह्याण्डबलमा शनिबार महिला र पुरुष दुवैतर्फ सेमिफाइन्लका खेल हुनेछ ।
जुडो
पदकको अपेक्षा गरिएको जुडोका खेलहरु आजबाट लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । पहिला दिन तौलमात्रै मापन हुनेछ । आइतबारदेखि प्रतिस्पर्धा शुरु हुनेछ ।
कबड्डी
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कबड्डीतर्फ शनिबार लिग चरणका खेल हुनेछ ।
स्वीमिङ
पौडीको तेस्रो दिन विभिन्न ७ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा महिला ८०० मिटर फ्रिस्टाइल रिले, पुरुष ४०० मिटर इन्डिभिजुल मिडले, पुरुष र महिला १०० मिटर ब्याकस्ट्रोक, महिला र पुरुष ५०० मिटर ब्रेस्ट स्ट्रोक र महिला ५० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा हुनेछ ।
सुटिङ
सुटिङतर्फ शनिबार दुई स्पर्धामा खेल हुँदैछन् । एयर पेस्ताल महिला र एयर राइफल मिक्स टिमा खेल हुनेछ ।
स्क्वास
शुक्रबारदेखि शुरु भएको स्क्वासमा महिला र पुरुषमा सेमिफाइनलका खेलसातदोबाटोस्थित स्क्वास हलमा हुनेछ ।
टेनिस
टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
बिच भलिबल
फेवाताल किनारमा जारी बिच भलिबलतर्फ आज पनि समूह चरणका विभिन्न खेलहरु हुनेछन् । शुक्रबार नेपालका चारै टोलीले सफलता हात पारेका थिए ।
भारोत्तोलन
भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ २ तथा महिलाको ३ खेल हुनेछ । पुरुषमा ८९ केजी, र ९६ केजीको प्रतिस्पर्धा हुनेछ । महिलामा ७१, ७६ र ८१ केजीको स्पर्धा हुनेछ ।
कुस्ती
जनकपुरमा जारी कुस्तीमा शनिबार महिला र पुरुषका दुई– दुई खेल हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। मात्र एक खेल हारेर फाइनलमा पुगेको सुदरलाई निरिह बनाउँदै ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहितलर ह्याट्रिक सहित ३ विकेट लिंदा ट्रम्पलम्यान र शेरले पनि ३ विकेट […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]