6 years ago
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कुस्ती खेलाडी संगीता धामीले १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला ५५ केजी तौल समूहमा ऐतिहासिक स्वर्ण पदक हासिल गरेकी छिन् ।

संगीताले स्पर्धाको फाइनलमा बंगलादेशकी सकिरा सर्कारिनलाई ५-१ ले पराजित गरेकी हुन् । कुस्तीतर्फ नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो । यससँगै नेपालले शनिबार दोस्रो स्वर्ण पदक जितेको छ । समग्रमा १३ औं सागमा नेपालले कुल स्वर्ण पदक संख्या ४३ पुर्याएको छ ।
जितपछि संगीताले आफू आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने र खेललाई अगाडी बढाउने चाहना रहेको बताइन् । बोल्ने क्रममा भावुक हुँदै उनले स्वर्णको पछाडी आफ्नो आमाको संघर्ष रहेको बताइन् । ‘ म जहाँ छु, मेरो आमाको कारण हो । वहाँले नै मलाई यहाँसम्म ल्याउनुभयो । बुवाले अर्को विवाह गरेर छोडेपछि कष्टकर स्थितिमा पनि आमाले खेलमा लाग्न प्रेरित गर्नुभयो ,’ उनले भनिन् ।
यसैगरी कुस्तीतर्फ नै महिलाको ५७ केजीमा भारतकी सरिता पहिलो भइन् । नेपालकी अम्बिका भण्डारी दोश्रो भइन् । ७६ केजीमा भारतकी गुर्शरणा प्रीति कपुरले स्वर्ण तथा श्रीलंकाकी चान्तले रजत जिते । पुरुष ७० केजीमा पाकिस्तानका अयात उल्लाह पहिलो, श्रीलंकाका निल दोश्रो र नेपालका सुरेश चुनारा तेश्रो भए ।
पुरुष ७९ केजीमा पाकिस्तानका रेहमानले स्वर्ण, श्रीलंकाका अनाकाले रजत र नेपालका बुन्नीलाल राउत ऐरले कांस्य हात पारे । पुरुष ९७ केजीमा भारतका काडियन सत्यवर्थ प्रथम, पाकिस्तानका अयाब द्वितीय र बंगलादेशका अवला दराबुरोसित तृतीय भए । पुरुष १२५ केजीमा भारतका सुमितले स्वर्ण, पाकिस्तानका जमान अन्वरले रजत र नेपालका राज यादवले कांस्य जिते ।
१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) -अनु अधिकारी
८.कराते (६७ केजी)- नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी
३६.उसु (५६ केजी) – जुनी राई
३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की
३८. गल्फ – सुवास तामाङ
३९. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
४०. भारोत्तलन – विकास थापा
४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह
४२. म्याराथन – किरणसिंह बोगटी
४३. कुस्ती (महिला ५५ केजी) – संगीता धामी
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। मात्र एक खेल हारेर फाइनलमा पुगेको सुदरलाई निरिह बनाउँदै ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहितलर ह्याट्रिक सहित ३ विकेट लिंदा ट्रम्पलम्यान र शेरले पनि ३ विकेट […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]