6 years ago
December 7, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ । पोखराको लेकसाइडमा रहेको बाराही मैदानमा भएको खेलमा पुरुष टिमले एक जित र ३ हार बेहोरे ।
नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो । अर्को खेलमा यो जोडी पाकिस्तानसँग २१–१९, १५–२१ र १०–१५ को सेटमा पराजित भयो । राजु विक र सन्जु शाहको जोडी माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीसँग १९–२१, २१–१८ र १५–८ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो । यही जोडी श्रीलंकाको जोडीसँग २१–१५ र २१–१० को सेटमा पराजित भयो ।
लिग चरणको खेलमा हालसम्म पुरुषतर्फ समूह ‘ए’ मा श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडी ८ अंकसहित शीर्ष स्थानमा छ । पाकिस्तानको जस्नव खान र अफाख खानको जोडी ७ अंकसहित दोस्रो र मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी ६ अंकसहित तेस्रो स्थानमा छन् । समूह ‘बी’ तर्फ श्रीलंकाकै प्रदीप असंका र असेन कुमाराको जोडीले ८ अंकसहित शीर्ष स्थान ओगटेको छ । पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडी ६ अंकसहित दोस्रो स्थानमा छ । नेपालको राजु विक र सन्जु शाहको जोडी ५ अंकसहित चौथो स्थानमा छ ।
महिलातर्फ शनिबार नेपालले विश्रामा पाएको थियो । तीन देशमात्रै सहभागी महिलातर्फ समूह ‘ए’ र ‘बी’ दुवैमा श्रीलंकाका टिम शीर्ष स्थानमा छन् । नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी समूह ‘ए’ र कोपिला उप्रेती र मनीषा चौधरीको जोडी समूह ‘बी’ मा दोस्रो स्थानमा छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]