6 years ago
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शनिबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आइतबार आर्चरी, बास्केटबल (३ वाई ३), बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुरमा हुनेछ ।
पदक तालिकामा सातौ दिनसम्म भारतले ११० स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
आर्चरी
पोखरामा हुने आर्चरीमा आइतबार मिक्स टिम रिकर्भ कम्पाउन्ड, कम्पाउन्ड मिक्स टिम, रिकर्भ महिला र पुरुष इन्डिभिजुअल, कम्पमाउन्ड महिला र पुरुष एकलमा स्वर्णका लागि खेल हुनेछ ।
बास्केटबल
बास्केटबलमा आइतबार महिला दुई र पुरुषमा तीन खेल हुनेछ । ३ वाई ३ मा विभिन्न स्पर्धामा खेल हुनेछ ।
बक्सिङ
साग अन्तर्गत बक्सिङमा आज महिलातर्फ चार तौल समूहमा स्वर्णका लागि खेल हुनेछ ।
क्रिकेट
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुरुषतर्फ आज समूह चरणको अन्तिम खेल हुनेछ । जहाँ बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ।
महिलातर्फ पोखरा क्रिकेट मैदानमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
फेन्सिङ
फेन्सिङतर्फ आइतबार तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नयाँ बजार कीर्तिपुरमा हुने स्पर्धामा मेन्स इपी टिम, महिला साब्री टिम र महिला फोइल टिम इभेन्टसमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
फुटबल
फुटबलतर्फ आइतबार राउन्ड रोविन लिगको अन्मि खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ । यो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने । बराबरीको नतिजाले पनि नेपाल फाइनल पुग्नेछ । हारले भने फाइनल पुग्ने सम्भावना झिनो बन्नेछ ।
ह्यान्डबल
ह्याण्डबलमा आइतबार महिला र पुरुष दुवैतर्फ तेस्रो स्थानको लागि खेल हुनेछ ।
जुडो
पदकको अपेक्षा गरिएको जुडोमा आज पुरुषतर्फ ३ र महिलातर्फ ४ तौल समुहमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेलहरु लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।
कबड्डी
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कबड्डीतर्फ आइतबार लिग चरणका अन्तिम खेल हुनेछ ।
सुटिङ
सुटिङतर्फ शनिबार दुई स्पर्धामा खेल हुँदैछन् । एयर राइफ मिक्स टिम र एयर पेस्तोल मिक्स टिममा खेल हुनेछ ।
स्क्वास
शुक्रबारदेखि शुरु भएको स्क्वासमा महिला र पुरुष एकलका फाइनलका खेलसातदोबाटोस्थित स्क्वास हलमा हुनेछ ।
स्वीमिङ
पौडीको तेस्रो दिन विभिन्न ४ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा पुरुष र महिला ४०० मिटर फ्रि स्टाइल, महिला र पुरुष २०० मिटर बटरफ्लाइ, महिला र पुरुष ५० मिटर ब्याट स्ट्रोक र महिला र पुरुष ४ गुणा २०० मिटरमा रिलेमा स्वर्णका लासग प्रतिस्पर्धा हुनेछ ।
टेनिस
टेनिसमा आइतबार महिला र पुरुष एकलको सेमिफाइनल खेल हुनेछ । मेन्स र गल्र्स डबल्स तथा मिक्स डबल्समा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
बिच भलिबल
फेवाताल किनारमा जारी बिच भलिबलतर्फ आज पनि समूह चरणका विभिन्न खेलहरु हुनेछन् ।
भारोत्तोलन
भारोत्तोलनको अन्तिम दिन आइतबार ५ स्पर्धामा स्वर्णका लागि खेल हुनेछ । पुरुषतर्फ १०२, १०९ र १०९ केजीभन्दा माथि स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । महिलामा ८७ र ८७ केजीभन्दा माथि स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
कुस्ती
जनकपुरमा जारी कुस्तीमा शनिबार महिला र पुरुषका दुई– दुई खेल हुनेछ ।
पुरुषतर्फ २ तथा महिलाको ३ खेल हुनेछ । पुरुषमा ९२ र ९७ केजीको प्रतिस्पर्धा हुनेछ । महिलामा ५९ र ६२ केजीको स्पर्धा हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]