6 years ago
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन आज मंगलबार विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

मंगलबार बास्केटबल, बक्सिङ, फुटबल, जुडो र स्क्वासमा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धा काठमाडौं उपत्यकामा हुनेछ । फुटबलको फाइनलपछि समापन समारोह शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट सम्वोधन गर्नेछन् । त्यसैगरी प्रधानमन्त्री ओलीले बुधबार खेलाडीको नाममा सम्वोधन गर्दै विशेष प्याकेजको घोषणा गर्ने बुझिएको छ ।
पदक तालिकामा नवौं दिनसम्म भारतले १५३ स्वर्णसहित अग्रता बनाएको छ । नेपालले ४९ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ ।
बास्केटबल
बास्केटबलको अन्तिम दिन मंगलबार महिला र पुरुषमा स्वर्ण र तेस्रो स्थानको लागि खेल हुनेछ । महिलातर्फ कास्यको लागि भुटान र माल्दिभ्स तथा पुरुषतर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । महिलातर्फको कास्यको लागि लागि ८ बजे र पुरुषतर्फको लागि १०ः३० बजे खेल हुनेछ ।
पुरुषतर्फको फाइनलमा भारत र श्रीलंकाबीच अपरान्ह १ः०० बजे तथा महिलातर्फ नेपाल र भारतबीचको फाइनल अपरान्ह ३ः३० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।

बक्सिङ
साग अन्तर्गत बक्सिङमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ । प्रतिस्पर्धा अपरान्ह १ः०० बजेदेखि, अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोको कराते हलमा हुनेछ ।
फुटबल
नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ः०० बजेपछि दशरथ रंगशाला, त्रिपुरेश्वरमा शुरु हुनेछ । त्यसअघि दिनको ११ः५५ बजे सांसद् ११ र राष्ट्र सेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुनेछ । नेपाल लगातार दोस्रोपटक च्याम्पियन बन्ने दाउमा रहँदा भुटान इतिहास रच्ने अभियानमा हुनेछ ।
जुडो
साग अन्तरगत जुडोमा मंगलबार १ स्वर्णको लागि प्रतिस्पर्धा हुदैछ । खेल बिहान ९ः०० बजेदेखि सुरु हुनेछ । फाइनल १२ः३५ देखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।
स्क्वास
स्क्वासमा मंगलबार महिला टिम र पुरुष टिममा स्वर्णका लागि सातदोबाटोस्थित स्क्वास हलमा हुनेछ । महिला र पुरुष टिम इभेन्टसमा स्वर्णका लागि पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]