default_image

4 hours ago

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

767 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ।

काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो।

१ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही संघर्ष गर्नु परेको थियो । काठमाडौंका सन्नी पटेलले २.४ ओभरमा ४ रन बनाएका दिनेश अधिकारीको विकेट लिए।

लुम्बिनीले पावर प्लेमा १ विकेटको क्षतिमा २९ रन बनायो । नवौं ओभरको अन्तिम बलमा रोहित पौडेललाई साहब आलमले बोल्ड गरे। २५ बलमा रोहितले १८ रन बनाए । लुम्बिनीले १० ओभरमा २ विकेटको क्षतिमा ४९ रन बनाएको थियो।

१२ औं ओभरको अन्तिम बलमा डार्सी सर्ट ३३ रन बनाएर रसिद खानको बलमा आउट भए। डार्सीले आफ्नो आउटमा असन्तुष्टि जनाएका थिए। सन्तोष यादवले १६.२ ओभरमा २३ रन बनाएका सन्दीप जोरालाईलाई बोल्ड गरे ।

१७ औं ओभरको अन्तिम बलमा सन्तोषको बलमा दीलिप नाथ एलबिडब्लु आउट भए । १७.१ ओभरमा करण केसीले १४ रन बनाएका निरुसन डिलवेलालाई बोल्ड गरे ।

रुबेन ट्रम्पलम्यानले चौका प्रहार गर्दै जित दिलाए । ट्रम्पलम्यान ५ र जेजे स्मिथ शुन्यमा नटआउट रहे।काठमाडौंका सन्तोषले २, सन्नी, साहब, रासिद र करणले समान १ विकेट लिए।

कीर्तिपुरस्थित टियु मैदानमा त्यसअघि लुम्बिनीका स्पिनर चम्किएपछि काठमाडौं खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन ।

स्पिनर शेर मल्ल, कप्तान रोहित र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। जारी एनपिएलमा कुनै पनि टोली पहिलो इनिङमा बनाएको यो सबैभन्दा कम स्कोर हो ।

दोस्रो ओभरको पहिलो बलमा १ रन बनाएका आकाश त्रिपाठीको विकेट लिए। रोहितले क्याच लिए ।
तेस्रो ओभरको पहिलो बलमा ट्रम्पलम्यानले ५ बलमा ७ रन बनाएका सन्नीलाई एलबिडब्लु आउट गरे।

३.५ ओभरमा ८ बलमा २ रन बनाएका मिलिन्द कुमारले शेरले बोल्ड गरे। ट्रम्पलम्यानले ४.१ ओभरमा ४ रन बनाएका बेन चाल्सवर्थको विकेट लिए। काठमाडौंले पावर प्लेमा ४ विकेट गुमाउँदै २९ रन बनायो।

९.१ ओभरमा कप्तान रोहितले १४ रन बनाएका भीम सार्कीको विकेट लिए। रोहितले ९.५ मा १८ रन बनाएका जोन सिम्सनलाई एलबिडब्लुमा आउट गरे।

लुम्बिनीले १० ओभरमा ६ विकेट गुमाउँदै ५१ रन जोड्यो । रोहितले ११.१ ओभरमा रसिद खान (२) लाई जेजे स्मिथबाट क्याच गराए।

शेरले १३.३ मा मोहम्मद आदिल आलमलाई १८ रनमा बोल्ड गरे।‌ १६.५ ओभरमा अभिषेश गौतमको बलमा ९ रन बनाएका करणले स्मिथबाट क्याच भए।

टोलीका लागि सर्वाधिक २३ रन बनाएका सन्तोष यादव १९.१ ओभरमा अन्तिम विकेटका रुपमा आउट भए ।
शेर र रोहितले समान ३, ट्रम्पलम्यानले समान २ र अभिषेशले १ विकेट लिए।

लुम्बिनी र विराटनगरबीच भोलि क्वालिफायर ‘टु’ हुनेछ । सुदूरपश्चिम रोयल्ससँग हिजो क्वालिफायर वानमा हारेपछि विराटनगरले क्वालिफायर टु खेल्नुपर्ने भएको हो।

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

December 9, 2025

भारतसँग दक्षिण अफ्रिका पराजित

एजेन्सी – भारतले पहिलो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई १ सय १ रनले हराउँदै सानदार जित निकालेको छ। कटकमा भएको खेलमा दक्षिण अफ्रिका मात्र १२. ३ ओभरमा ७४ रनमा अल‌ आउट भएको थियो। टि ट्वान्टी आई इतिहासमा दक्षिण अफ्रिकाको यो सबैभन्दा कम स्कोर हो । पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै १ सय ७५ […]

Success

Thank you for your time.