6 years ago
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् ।

ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र थापामगर र मिनु गुरुंगले नेपाललाई स्वर्ण दिलाएका थिए । यस तौल समूहको काश्य भने श्रीलंकाका जिवन्थ निस्सन्का बामुनु अराचचील र बंगलादेशका सूरा कृष्णा चक्माले प्राप्त गरे ।
मंगलवार भएको अन्य बाउटमा भने भारतको नै दबदबा रह्यो । महिला ५१ केजीको खेलमा भारतीय बक्सर पिन्की रानीले नेपालकी माला राईलाई स्पिलिट डिसिजनको आधारमा हराउदै स्वर्ण पदक जितिन् । हारसंगै मालाले रजत पदक प्राप्त गरिन् । यस्तै पाकिस्तानकी रजिया बानो अजीज र श्रीलंकाकी कोसला निलमिनी अथावुदा अच्चिलागेले प्राप्त गरिन् ।

महिला ५७ केजीमा भारतकी सोनिया लाथेरले श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापूरायालागेलाई अंकको आधारमा हराउँदै स्वर्ण जितिन । यस तौलमा पाकिस्तानकी मेहरीन र नेपालकी चन्द्रकला थापाले काश्य हात पारिन । महिला ६४ केजीमा नेपालका पूनम रावल पनि भारतकी मञ्जु बम्बोरियासंग पराजित हुदै रजतमा सिमित भईन् । भारतकी मञ्जु बम्बोरियाले भने स्वर्ण चुमिन् । यस तौलमा पाकिस्तानकी परभीनले भने काश्य हात पारिन् ।
यसैगरी पुरुष ५२ केजीको फाइनलमा भारतका स्पर्श कुमारले पाकिस्तानका सईद मुहमद आसिफलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण जिते । यसै समूहको काश्य पदक भने नेपालका तेजबहादुर देउबा र श्रीलंकाका लासिन्दु इरान्डा कुदाभीथानागेले प्राप्त गरे ।
पुरुष ६९ केजीमा पनि भारतकै कृषन भिकासले पाकिस्तानका गुल जाइबलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते । यस तौलको काश्य भने नेपालका विकास लामा र बंगलादेशका अब्दुर रहीम मोहमदले हात पारे ।
यसैगरी पुरुष ८१ केजी तौल समूहमा नेपालका गणेश प्रधान रजतमा सिमित भए । गणेशलाई स्पिलिट डिसिजनको आधारमा हराउंदै श्रीलंकाका रोमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई स्वर्ण हात पारे । यो तौल समूहको काश्य भने पाकिस्तानका अवाइस अली खान र भारतका सचिन कुमारको पोल्टामा प¥यो ।
पुरुष ९१ केजीभन्दा माथिको भिडन्तमा भने भारतका नरेन्दरसँग अंकको आधारमा पराजित हुँदै नेपालका आशिष दुवादीले रजत प्राप्त गरे । यस समूहको काश्य पदक भने श्रीलंकाका बुवानेका ईरान्डा अड्डू राकाराम रल्लागेले प्राप्त गरे ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]