default_image

6 years ago

December 12, 2019

प्रतिभाले माल्दिभ्सको लिग खेल्ने

350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीले माल्दिभ्सको लिग भलिबल खेल्ने भएकी छिन् ।

प्रतिभा माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पुलिस टोलीबाट खेल्ने पक्का भएको हो । प्रतियोगितामा सहभागी हुन उनी आज नै माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि माल्दिभ्सको लिग खेल्दै उनले टोलीलाई च्याम्पियन बनाउनुका साथै उत्कृष्ट खेलाडीको उपाधि समेत जितिसकेकी छिन् ।

प्रतिभाले डेढ साता लामो लिगका लागि प्रस्ताव आएको हाम्रो खेलकुदलाई बताइन् । ‘ लगातार पछिल्लो ६ महिना खेलिरहेको छु । अब नियमित कलेज जाने योजना थियो । यो लिग छोटो समयको रहेको र त्यहाँ रहेका साथिहरुले पनि आग्रह गरेपछि जान लागेको हुँ । अहिले पढाइलाई प्राथमिकता दिने योजना छ,’ प्रतिभाले बताइन् ।

प्रतिभा गत महिना मात्र एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनकै उच्च प्रदर्शनमा नेपालले एेतिहासिक उपाधि जितेको थियो । गत साता मात्र नेपालले सागमा पहिलो पटक पदक जित्दा उनले प्रभावशाली प्रदर्शन गरेकी थिइन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.