default_image

6 years ago

December 14, 2019

तेक्वान्दोका साग पदक विजेता खेलाडी सम्मानित

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु)– नेपाल तेक्वान्दो संघले उपाध्यक्ष तथा सुमेर ग्रुपका अध्यक्ष भरत महर्जनबाट प्राप्त पुरस्कार यसै साता १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता आफ्ना खेलाडीलाई शनिबार वितरण गरेको छ । तेक्वान्दोले देशका लागि सबैभन्दा बढी स्वर्ण पदक जितेको थियो । 

 

नेपालले जितेका ५१ मध्ये तेक्वान्दोका मात्र १२ स्वर्ण छन् । सागमा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कास्य गरि २९ पदक जितेको थियो । तेक्वान्दोबाट भाग लिने सबै खेलाडीले पदक जितेका थिए ।

संघका अध्यक्ष प्रकाश शम्सेर राणा, महासचिव दीपकराज गुरुङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवंम् एनओसी उपमहाचिव पिताम्बर तिम्सनाले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

संघले स्वर्ण पदक विजेतालाई ५०, रजत पदक २५ हजार र कास्य पदक विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै जोडीमा स्वर्ण जित्नेलाई २५ हजार र टिमका स्वर्ण पदक विजेतालाई २० हजार रुपैयाँ तथा व्यवस्थापक र प्रशिक्षक जनही १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । सुमेरुले पदक विजेता खेलाडी र उनीहरुको परिवार सदस्यलाई ५० प्रतिशत सम्म छुट दिइने घोषणा गरिएको छ ।

आशया सुमेरुको ब्रान्ड एम्बासडर

सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई सुमेरु ग्रुपले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । नेपाल तेक्वान्दो संघले शनिबार खेलाडी सम्मान गर्ने सिलसिलामा सुमेरुले उनलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको थियो । आशयाले एकल पुम्सले जोडीमा स्वर्ण पदक जितेकी थिइन् । सागमा यसअघि पनि आयशाले १ स्वर्ण र २ रजत तथा एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् ।

१३ औं सागका पदक विजेता तेक्वान्दो खेलाडी

पुम्से

महिला एकल

स्वर्ण– सिना मादेन लिम्बू (१८–२३ वर्ष)

स्वर्ण– कमल श्रेष्ठ (२४–२९ वर्ष)

स्वर्ण– पार्वती गुरुङ (२४–२९ वर्ष)

स्वर्ण– आयशा शाक्य (३० वर्षमाथि)

युगल (३० वर्षमाथि)

स्वर्ण– सन्जीवकुमार ओझा र आयशा शाक्य

टिम महिला (२३ वर्षमाथि)

स्वर्ण – नीता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

टिम महिला (१८–२३ वर्ष)

स्वर्ण –सन्जिला तिमल्सिना, निशा दर्नाल, स्वस्तिका तामाङ

पुरुष एकल

रजत– कृष्णबहादुर तामाङ (१८–२३ वर्ष)

युगल (१८–२३ वर्ष)

कांस्य– अस्मिन राउत र सिना मादेन लिम्बू

युगल (२४–२९ वर्ष)

कांस्य– जीतबहादुर बोट र पार्वती गुरुङ

टिम (१८–२३ वर्ष)

पुरुष

कांस्य– शिशिर श्रेष्ठ, अस्मिन राउत, दीपेन्द्र गुरुङ

टिम (२४–२९ वर्ष)

पुरुष

कांस्य– कमल श्रेष्ठ, जीतबहादुर बोट, प्रेमबहादुर लिम्बू

पुुरुष एकल (३० वर्षमाथि)

कांस्य– रेजिन रिमाल

ग्योरोगी

स्वर्ण– काजल श्रेष्ठ (४६ केजीमूनि)

स्वर्ण– संगीता वस्याल (६२ केजीमुनि)

स्वर्ण– वीरबहादुर महरा (६८ केजीमूनि)

स्वर्ण– भूपेन श्रेष्ठ (८७ केजीमुनि)

स्वर्ण– सक्षम कार्की (८७ केजीमाथि

रजत– निमा गुरुङ (५७ केजीमूनि)

रजत– निशा रावल (७३ केजीमाथि)

रजत– किरणबहादुर आले (८० केजीमुनि)

रजत– मनिता शाही (७३ केजीमुनि)

रजत– अप्सरा कार्की (६७केजीमुनि)

कांस्य– युनिशा राई (४९केजीमुनि)

कांस्य– अस्मिता खड्का (५३ केजीमुनि)

कांस्य– मनोज मल्ल (५४ केजीमूनि)

कांस्य– गोविन्दबहादुर आले (५८ केजीमुनि)

कांस्य– ज्ञानेन्द्र हमाल (६३ केजीमुनि)

कांस्य– निश्चलमान श्रेष्ठ ( ७४केजीमुनि)

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.