6 years ago
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई साता अघि सम्पन्न सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा टिम इभेन्टका रजत र कास्य पदक विजेता खेलाडीका लागि पुरस्कार नभएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तत्काल घोषणाको माग गरेको छ ।
मंसिर २४ गते साग सकिएको भोली पल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्दै व्यक्तिगत स्पर्धाका विजेतामध्ये स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।
सोही अवसरमा टिम इभेन्ट्समा स्वर्ण जित्ने टोलीका सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा भएपनि रजत र कास्य पदक विजेता टोलीका खेलाडीको विषयमा भने पछि निर्णय गरिने बताइएको थियो । तर, अहिले सम्म त्यसको कुनै निर्णय सार्वजनिक भएको छैन । संघले टिम इभेन्ट्सका पदक विजेता खेलाडीका लागि पुरस्कार तत्काल घोषणा गरि खेलाडीको मनोबल घट्न नदिन अनुरोध गरेको छ ।
नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेको स्मरण गराउँदै खेलाडी संघले भनेको छ,‘ त्यसैले यसपाली वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं ।’
इतिहासमै सबभन्दा बढि ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक सहित कुल २ सय ६ पदक जित्दै १३ औं सागमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।
देशलाई सर्वाधिक पदकका साथ ऐतिहासिक रुपमा दोस्रो स्थान दिलाउन नेपाली खेलाडीको मेहनत, परिश्रम र संघर्षको जति प्रशंसा गरे पनि कम हुने जनाउँदै खेलाडी संघले भनेको छ ,‘ सिमित स्रोत र साधनका बावजुद नेपाली खेलाडीले १३औं सागको सफलतामा गरेको योगदान अतुलनीय रहेको सम्पूर्ण नेपाली खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ठहर गरेको छ ।’
साग आयोजना गर्दै खेलाडीलाई यस्तो अमुल्य अवसर जुटाइ दिएकोमा संघले सम्पूर्ण खेलाडीका तर्फबाट नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र एनओसीलाई आभार प्रकट समेत गरेको छ ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]