6 years ago
January 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – होंगान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा बुधबारदेखि सुरु हुने होंगान्जी न्यू डायमन्ड खुला महिला भलिबल प्रतियोगितामा ७ टोलीको सहभागिता रहने पक्का भएको छ ।

आयोजक न्यू डायमन्डले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रशिक्षणले मात्रै भलिबल विकासमा पूर्णता नदेखिने हुनाले स्तरीय प्रतियोगिता गर्ने उद्देश्यसहित न्यु डायमन्ड स्पोर्ट्स क्लबले विगत दुई वर्षदेखि राष्ट्रिय स्तरको यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । यसपटक प्रतियोगिता पुस २३ देखि २६ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुँदैछ ।
प्रतियोगितामा ७ टोलीको सहभागिता रहने छ । सहभागी टोलीमा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, टप्स मावि पोखरा, त्रिभुवन आर्मी क्लब, पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् । प्रतियोगिता लिग कम नकआउट पद्दतिमा खेलाइनेछ । प्रतियोगिताको अनुमानित बजेट २६ लाख रुपैयाँ रहेको छ ।
तेस्रो संस्करणको प्रतियोगिताको लागि होंगान्जी बौद्ध समाजले एक वर्षको लागि पुनः प्रायोजन नवीकरण गरेको छ । समाजले मुख्य प्रायोजनबापत पहिलो र दोस्रो पुरस्कार राशी उपलब्ध गराउनेछ । तेस्रो संस्करणको प्रतियोगिताको विजेताले नगद ४ लाख १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ३ लाख १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले ५१ हजार १ सय १ रुपैयासहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछिन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयासहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पहिलो र दोस्रो पुरस्का मुख्य प्रायोजक होङ्ग्वान्जी बौद्ध समाजले, तेस्रो पुरस्कार मुक्तिनाथ बिकास बैंकले, चौथौ पुरस्कार निलगिरी युथ क्लबले प्रायोजन गर्नेछ ।
यसका साथै ब्ल्याक हर्स सुजले चौथो पुरस्कार बराबरको रकम सहयोग प्रायोजन गरेको छ । उत्कृष्ट खेलाडीको पुरस्कार श्रद्धा फाइनान्स न्युरोडले प्रायोजन गरेको छ । यस्तै चन्द्रागिरी नगरपालिका तथा नगरपालिकाका विभिन्न वडा, राष्ट्रिय खेलकुद परिषद (राखेप), नेपाल भलिबल संघ र विभिन्न सहयोगी दाताहरुले सहयोग गरेका छन् । यसैगरी तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले पनि २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । चन्द्रागिरी नगरपालिकाको वडा नं १५ ले ३० हजार तथा वडा नं ६ का अध्यक्ष ज्यूले व्यक्तिगत १० हजार र वडाको तर्फबाट १० हजार गरि कुल २० हजार सहयोग गर्ने भएका छन् । साथसाथै चन्द्रागिरी नगरपालिकाले पनि उल्लेख्य सहयोग गर्ने वाचा गरेको कार्यक्रममा जानकारी दिइयो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]