6 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद ९साग० मा हालसम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेस्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो ।

सागको १३औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ मा भएको तेश्रो सागदेखि टेबलटेनिस पहिलोपटक समावेश गराइएको थियो । समावेश भएको संस्करणदेखि नै नेपालले टेबलटेनिसमा निरन्तर सहभागिता जनाउदै आएको छ ।
सिजरिन शाह, गीता क्षेत्री, निलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । सिजरिन सागमा सबै भन्दा बढी पदक जित्ने नेपाली खेलाडी पनि हुन् । सिजरिनले स्वर्णसहित ४ रजत र ३ कांस्य जितेकी छन् । त्यसपछि बढी पदक जित्नेमा नेपाल भेट्रान टेबलटेनिस संघका उपाध्यक्ष समेत रहेका धर्ममान वज्रचार्य छन् । उनले १ रजत र ४ कांस्य जितेका छन् ।
संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल भेट्रान टेबलटेनिस संघकी अध्यक्ष निनु सत्याललगायतले पदक विजेतालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]