default_image

6 years ago

January 17, 2020

एपीएफको कठिन जित

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०७६ अन्तर्गत आफ्नो पहिलो खेलमा बुलबुले रारा क्लबलाई ३-१ ले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो सेट गुमाएपनि त्यसपछि पुनरागमन गर्दै जित हासिल गर्यो । तीन भारतीय खेलाडीसहित उत्रिएको राराले एपीएफलाई खेल अवधिभर नै पकड जमाउन भने दिएन । पहिलो सेटमा भारतीय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा रारा २५-२३ ले विजयी रहेको थियो ।

दोस्रो सेट २५-१२ ले जित्दै एपीएफ खेलमा फर्कियो । तेस्रो सेटको सुरुवाती समयमा राराले केहि दवाव दिएपनि एपीएफ २५-२० ले विजयी रहयो । चौथो सेटमा २५-१८ को जित दर्ता गर्दै एपीएफ महत्त्वपूर्ण ३ अंक जोड्न सफल रहयो ।

त्यसअघि आर्मीले समूह ए को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३-० को सेटमा पराजित गर्यो । पहिलो सेट २५-९ को फराकिलो अन्तरले जितेको आर्मीले दोस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पनि २५-९ कै स्कोरमा हासिल गर्दै आर्मीले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । शुक्रबार नै महिलातर्फ भने होंगान्जी न्यू डायमन्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फको समूह एमा साविक विजेता त्रिभुवन आर्मी क्लब, आरजी भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब छन् ।

एपिएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस्स क्लब छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । लिग चरणका खेलका लागि १ सय , सेमिफाइन्लका लागि १ सय ५० र फाइनलका लागि २ सय रुपैयाँ टिकट तोकिएको संघले जनाएको छ ।

माघ १० गते सम्म चल्ने प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजना हुने क्लब च्याम्पियनसिपको यो पाँचौं संस्करण हो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.