6 years ago
January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा होंगान्जी न्यु डायमण्ड क्लबकी स्पाइकर प्रतिभा माली घाइते हुन पुगेकी छिन् । पाँचौ आरबीबी-एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा एपीएफविरुद्ध खेल्दा उनले चोट बोकेकी हुन् ।

खेलको तेस्रो सेटमा स्कोर २२-२० को स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको हो । मैदानमा लड्नेबितिक्कै निकै पिडामा रहेपछि उनलाई हस्पिटल लागिएको थियो । सुरुवाती एक्सरे रिपोर्ट अनुसार उनको घुंडाको हड्डीमा कुनै समस्या देखिएको छैन ।
भित्र रगत जमेको हुँदा उनको लिगाम्नेट वा मेनिस्कसमा समस्या रहेको हुनसक्ने आँकलन गरिएको छ । रगत जमेका कारण एमआरआई गर्न १-२ दिन कुर्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । चोटको गाम्भीर्यता हेर्दा उनले केहि महिना विश्राम गर्नुपर्ने देखिएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय भलिबलमा पहिलो पटक स्वर्ण पदक जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रतिभा महिला भलिबलकी उत्कृष्ट खेलाडी हुन् । उनी एभीसी सेन्ट्रल जोनमा उत्कृष्ट स्पाइकर समेत बनेकी थिइन् ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]