default_image

6 years ago

February 6, 2020

पुलिस र न्यु डायमन्ड विजयी

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र होङगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको पहिलो लेगमा विजयी भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले तीन इरानी खेलाडी सम्मिलित चितवत टाइग्रेसमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा पुलिसले चितवनमाथि २५–१५, २५–१४ र २५–१४ को सहज जित निकाल्यो । पुलिसको यो सातौ जित हो । जितसँगै पुलिसले शीर्षस्थानको नेपाल एपिएफ क्लबसँगको अंक दुरी १ मा झारेको छ । शीर्षस्थानको एपिएफको २३ तथा पुलिसको २२ अंक छ ।

न्यु डायमन्डले चितवनमाथि नै ३–० को सोझो सेटमा जित निकाल्यो । एकपक्षीय खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ को सेटमा विजयी भयो । जितसँगै डायमन्ड ७ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा छ । बिहीबार दोहोरो हार बेहोरेको चितवन ७ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबमाथि २५–१३, २५–१२ र २५–१० को सहज जित निकालेको छ । आर्मी १८ अंकसहित तेस्रो स्थानमा छ ।

चुलीले लिगमा पहिलो जित हात पार्ने क्रममा सामाखुशी इंग्लिस स्कुल (सेव) माथि ३–२ को रोमाञ्चक जित निकालेको छ । चुलीले सेवमाथि २५–७, २०–२५, २५–११, १७–२५ र १५–६ को जित निकाल्यो । यससँगै चुलीको २ तथा सेवको १ अंक जोडेको छ । अर्काे खेलमा बुलबुले रारा भलिबल क्लब (बीआरसी) ले आयोजक ढोरपाटनमाथि २५–१७, २५–९ र २५–१९ को सहज जित हात पारेको छ । बीआरसी १४ अंक जोडेर पाँचौ तथा सेव ढोरपाटन ९ अंक जोडेर सातौं स्थानमा छ ।

प्रतियोगितामा शुक्रबार चार खेल हुने आयोजकले जनाएको छ । लाइट प्रोटेस्टका कारण डायमन्ड र बुलबुलेबीचको खेल शनिबार हुने आयोजकले जनाएको छ । शनिबार देखि नै दोस्रो लिगको खेल सुरु हुनेछ ।

अंक तालिका :

१. एपीएफ (२३ अंक) ८ खेल

२. पुलिस (२२) ८ खेल

३. आर्मी (१८) ८ खेल

४. न्यु डायमन्ड (१५) ७ खेल

५. बुलबुले (१४) ७ खेल

६. चितवन टाइग्रेस (१०) ७ खेल

७. ढोरपाटन (९) ८ खेल

८. पारामाउन्ट (३) ८ खेल

९. सेव (१) ८ खेल

१०. चुली (२) ८ खेल

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.