default_image

5 years ago

March 3, 2020

मुक्केवाज सनिल विजयी

101 views

0 Bookmark

काठमाडौं – नेपाली मुक्केवाज सनिल शाहीले ओलम्पिक २०२० एसिया/ओसियाना बक्सिङ छनोट खेलमा जत हात पारेका छन् । जोर्डनको अमान शहरमा जारी छनोटमा सनिलले ६३ केजी तौल समूहमा क्रिर्गिस्तानका मुक्केवाज केइस्यरवेकुलु आगृेनलाई ४–१ को अन्तरले पराजित गर्दै स्पिलिट डिसिजनको आधारमा विजयी भएका हुन्

पहिलो राउण्ड २–३ ले पछि परेपनि दोस्रो राउन्डमा सनिलले ५–० ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेश्रो राउण्ड पनि आफ्नो पक्षमा पार्दै वियजी भएको हो । अब सनिलले अर्काे फाइटमा एसियाको शीर्ष वरीयतामा रहेका ताजकितानका बाखोदुर उस्मानोभको सामना गर्नेछ ।

खेल ५ मार्चमा हुनेछ । उक्त खेलमा जित हात पारे सनिलको ओलम्पिकमा छनोट हुने सम्भावना अत्यधिक छ । नेपालकी मिनु गुरुङ बुधबार ५७ केजी तौल समूहका कोरियाकी इम एइजीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

December 15, 2024

विराटनगरलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना जीवितै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । आइतवारको पहिलो खेलमा विराटनगरलाई १ विकेटले हराएपछि काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । […]

December 15, 2024

काठमाडौंविरुद्ध विराटनगरको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध विराटनगर किंग्सले सामान्य योगफल तयार गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

Success

Thank you for your time.