9 years ago
July 26, 2016
मञ्च कार्यसमिति, स्पोट्र्स अवार्डका विजेता र एआईपीएस पदाधिकारीलाई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भेट गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा उहाले भन्नुभयो, ‘नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित स्पोट्र्स अवार्डका सबै विजेतालाई बधाई । खेलाडीलाई सम्मान गर्ने काम गरेकोमा आयोजक मञ्चलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । यसले खेलाडीहरुको हौसला बढाउने विश्वास छ ।’
एआईपीएस एसियाको कार्यक्रमबारे उहाले भन्नुभयो, ‘हाम्रोजस्तो सानो देशमा यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय क्षेत्रमा सकरात्मक सन्देश जान्छ । यस्ता कार्यक्रम भविष्यमा पनि नेपालमा हुने आस गरेको छु । भूकम्पपछि नेपाल असुरक्षित छ भन्ने भएको छ तर एआईपीएस बैठकको सफलताले अन्तर्राष्ट्रिय समुदायमा नेपाल सुरक्षित छ भन्ने सकरात्मक सन्देश जाने आस गरेको छु । हाम्रो देशमा हिमाली श्रृंखला धेरै छन् । गौतम बुद्ध जन्मिएको देश हो । यहा तपाइहरु फेरि आउनुहुन्छ भन्ने आस गरेको छु ।’
मञ्चका महासचिव प्रकाश तिमल्सिनाले मञ्चको स्थापनादेखि स्पोर्टस अवार्डका विषयमा तथा एआईपीएस एसियाका अध्यक्ष मोहम्मद कसिमले एसियाली खेल पत्रकारबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च नेपाली व्यवसायिक खेलकुद पत्रकारहरुको संगठन हो । मञ्चमा अहिले विभिन्न संञ्चारमाध्यम दैनिक, टेलिभिजन, रेडियो र अनलाइनका ८० व्यवसायिक खेलकुद पत्रकारहरु सदस्य छन् । मञ्चले नियमित रुपमा आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने नेपाली खेलकुदकै सर्बाधिक प्रतिष्ठित सम्मान हो ।
व्यवसायिक खेलकुद पत्रकारिता र नेपाली खेलकुद विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना भएको मञ्चले २०७३ श्रावण ६ गते पल्सर स्पोर्टस अवार्डको १३ औं संस्करण सम्पन्न गर्यो । यसपटकको स्पोट्र्स अवार्ड २०७२ मा बर्षका उत्कृष्ट खेलाडी पुरुषमा फुटबलका नवयुग श्रेष्ठ, उत्कृष्ट महिला खेलाडीमा जुडोकी फुपु ल्हामु खत्री, उत्कृष्ट युवा खेलाडीमा फुटबलका अञ्जन विष्ट, उत्कृष्ट प्रशिक्षकमा फुटबलकै बालगोपाल महर्जन पुरस्कृत हुनुभएको थियो । टेबलटेनिसकी नविता श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड तेक्वान्दो खेलाडी सीता भन्डारीले उत्कृष्ट पारा एथलिट अवार्ड जित्नुभएको थियो । त्यस्तै, अखिल नेपाल फुटबल संघका तत्कालिन कार्यवहाक अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठलाई स्पेशल अवार्ड र फुटबलकै श्रीराम रञ्जितकारलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । राष्ट्रिय फुटबल टिमलाई बर्षको उत्कृष्ट टिम घोषणा गरिएको थियो ।
मञ्चले एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) को कार्यसमिति बैठक पनि सफलतापूर्वक सोमबार सम्पन्न भयो । दोस्रो कार्यसमिति बैठकको रुपमा रहेको यसमा २१ देशका २६ जना सहभागि थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]