default_image

8 years ago

July 27, 2016

नेपालको क्रिकेट विवाद समाधान कहिले होला ?

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट क्यान (क्यान) माथिको निलम्बन तत्काल फुकुवाको हुने सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिनिधि मण्डल दुई दिनदेखि राजधानीमा नेपाली क्रिकेटका सरोकारवालाहरु सँग छलफलमा जुटेपनि त्यसले निलम्बन फुकुवाको संकेत देखिएको छैन । क्यान विवादको एउटा मुख्य कारक बन्दै आएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्टसँग […]

23 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट क्यान (क्यान) माथिको निलम्बन तत्काल फुकुवाको हुने सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिनिधि मण्डल दुई दिनदेखि राजधानीमा नेपाली क्रिकेटका सरोकारवालाहरु सँग छलफलमा जुटेपनि त्यसले निलम्बन फुकुवाको संकेत देखिएको छैन ।

आइसिसी प्रतिनिधि मण्डलसँग राखेप सदस्य सचिव केशबकुमार विष्ट (बायाँबाट दोस्रो) ।

आइसिसी प्रतिनिधि मण्डलसँग राखेप सदस्य सचिव केशबकुमार विष्ट (बायाँबाट दोस्रो) ।

क्यान विवादको एउटा मुख्य कारक बन्दै आएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्टसँग आइसिसीका प्रतिनिधिबीच बुधबार भेट भएको छ । तर, बिष्टले भने आफुले विवाद समाधानको पहल गर्न पुरानै प्रस्ताव अघि सारेका छन् । उनले निर्वाचित क्यानले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिए क्यान विवाद समाधान हुने तर्क गरेका छन् । उनले आइसिसी प्रतिनिधिसँग पनि त्यहि भनाई दाहोराएका छन् ।
क्यानलाई निलम्बन गर्ने आइसिसीले नेपालको पछिल्लो अवस्था बुझ्न तीन सदस्यीय टोली नेपाल पठाएको हो । टोलीमा एसियन डेभलप्मेन्ट मेनेजर बन्दुला वार्नापुरा, फाइनान्स मेनेजर अमर शेख र लिगल सेक्सनका चिफ प्रमुख पाउल म्याकमोहन रहेका छन् ।
प्रतिनिधि मण्डलसँगको भेटपछि विष्टले भने,‘जसको गल्ति भएपनि अब यहि अवस्थामा बसिरहने कुरा हुन्न । मुद्दा फिर्ता भयो भने सरोकारवालसासँग बसेर आइसिसीसँगको समन्वयमा अघि बढ्न हामी तयार छौं । ’
एकातिर सरकारी हस्तक्षेप र अर्कोतिर विवादस्पद निर्वाचन भएको कारण देखाउँदै आइससिीले वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । मंसिर अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । त्यसलाई मान्यता नदिएको भन्दै राखेपले पुसमा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गर्यो । त्यसको केही दिनपछि निर्वाचित समितिले राखेपलगायतलाई १६ जनालाई विपक्षी बनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । मुद्दा विचाराधिन छ ।
आइसिसीको प्रतिनिधि मण्डलले मंगलबार क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र टंक आङबुहाङ, निर्वाचित समितिका अध्यक्ष चन्द र उनको समितिका पदाधिकारीसँग भेट गरेको थियो । त्यस्तै प्रतिनिधिहरुले नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासँग पनि भेट गरेका थिए । क्यानलाई निलम्बन गरेपछि आइसिसीले राजु बैंकटपतिसहित टमाटा र पारसको तीन सदस्य नेपाली क्रिकेट टोलीको छनोट समिति गठन गरेको थियो । आइसिसीकै अगुवाईमा नेपालले साउनको २९ र ३१ गते नेदरल्यान्ड्सँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारी गरिरहेको छ ।
प्रतिनिधि मण्डलले बिहीबार क्रिकेटका सरोकारवाला सबैपक्षसँग संयुक्त बैठक गर्नेछ । सदस्य सचिव विष्टले आफ्नो प्रस्ताव संयुक्त बैठकमा छलफल हुने बताएका छन् । प्रतिनिधि मण्डल, विष्ट र दुई क्यानका अध्यक्ष र महासचिवबीच संयुक्त बैठक हुने बताइएको छ । विष्टले भने ‘हाम्रो प्रस्तावमाथि संयुक्त बैठकमा छलफल हुन्छ । सबै पक्ष तयार भए हामी शून्यबाट काम गर्नेछौं ।’ मुद्दा फिर्ता लिने विषयलाई निर्वाचित समितिले अस्वीकार गर्दै आएको छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.