5 years ago
July 20, 2020
काठमाडौं (हाम्रो खेलकुद)— भलिबल खेलाडी प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको कोषले ब्याज रकमबाट खेलाडीलाई सहयोग गर्दै आएको छ ।

कोषले गतवर्ष चोट लागेपछि शल्यक्रिया गराएर हाल फिजियोथेरापी गराइरहेकी प्रतिभालाई २ लाख रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले प्रतिभाले फिजियो गराउने ग्वार्कोस्थित अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टर पुगेर चेक हस्तान्तरण गरेका थिए । होंगान्जी न्यु डायमण्डकी स्पाइकर प्रतिभाले नेपाललाई एभीसी सेन्ट्रल जोनको उपाधि र १३ औं सागमा रजत पदक जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
गत माघमा एनभिए कप क्लब च्याम्पियनसिपमा एपिएफविरुद्ध फाइनल खेल्ने क्रममा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो । त्रिपुरेश्वरस्थित ब्लुक्रसमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसको केहि समयपछिबाट उनले अर्थोप्लास्टमा फिजियो गराउँदै आएकी छिन् ।
रकम हस्तान्तरमा खेलाडी संघका निर्वतमान अध्यक्ष दीपक विष्ट, संघका महासचिव शिवसुन्दर गोथे, १३ औं दक्षिण एसियाली खेलकुदकी दाहोरो स्वर्ण पदक विजेता आयशा शाक्यको उपस्थिति थियो । प्रतिभाको उपचारका लागि राखेपले यसअघि नै ५ लाख रुपैयाँ भन्दा बढी उपलब्ध गराएको थियो ।
त्यस्तै भलिबल संघका पदाधिकारीले पनि व्यक्तिगत रुपमा सहयोग गरेका थिए । उपचार खर्च नपुगेका कारण प्रतिभाले कल्याणकारी कोषमा दिएको निवेदनका आधारमा सहयोग गरिएको कोषका सदस्य सचिव समेत रहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठले बताए । खेलकुद विकास ऐन लागु हुनुअघि नै कोषको बैठकले प्रतिभालाई सहयोग गर्ने निर्णय गरे अनुरुप रकम हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए ।
कोषको अध्यक्ष राखेप सदस्य सचिव रहने व्यवस्था छ । कोषबाट यसअघि पनि खेलाडीहरुलाई विभिन्न शीर्षकमा सहयोग हुँदै आएको छ । २०७२ सालको वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पमा प्रभावित हुने खेलाडी र खेलाडीका परिवारलाई पनि कोषमार्फत सहयोग भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]