5 years ago
September 16, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोन इंगलिस प्रिमियर लिगको टोटेनहम हट्सपरमा अनुबन्धित हुने भएका छन् ।

रियल म्याड्रिड र टोटेनहमबीच खेलाडीको ट्रान्सफरका लागि सहमति बनेपछि रेगुइलोनले क्लबसंग पनि मौखिक सम्झौता गरिसकेका छन् । यसअघि म्यानचेस्टर युनाइटेडले पनि रेगुइलोनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर रियलले सहमतिका क्रममा राखेको प्रावधानका कारण युनाइटेडले पछि हट्ने निर्णय लिएको थियो ।
टोटेनहमले रेगुइलोनका लागि २५ मिलियन युरो खर्चनेछ । तर सहमति अनुसार रियलले खेलाडी फिर्ता लिन चाहेको खण्डमा केहि प्रतिशत रकम बढाएर टोटेनहमले खेलाडी फिर्ता दिनुपर्नेछ । युनाइटेडले भने यस प्रावधान कुनै हालतमा स्वीकार नगर्ने बताएको थियो ।
२३ वर्षीय रेगुइलोन आफैंले पनि दुई क्लबले युनाइटेड रोजेका थिए । तर जोसे मोउरिन्होले आफैं सम्पर्क गरेर दिर्घकालिन योजना बताएपछि रेगुइलोन सहमत भएको बुझिएको छ । टोटेनहमले रेगुइलोनलाई ५ वर्षको लागि अनुबन्धन गर्दै थप एक वर्षको विकल्प राख्नेछ ।
रेगुइलोन केहि दिनमा नै औपचारिक रुपमा लन्डन क्लबमा आबद्ध हुनेछन् । गत सिजन लोनमा सेभिल्ला पुगेका उनलाई स्पेनी क्लबले नै पुन: लोनमा लिन चाहेको थियो । तर रियल म्याड्रिडले उनलाई स्थायी रुपमा बेच्न चाहेपछि सेभिल्लाले प्रक्रिया अगाडी बढाएन । गत सिजन युरोपा लिग जित्दा रेगुइलोनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]