5 years ago
September 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबले चोटबाट ग्रसित भलिबल खेलाडी ओमप्रकाश परियारको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

फ्यान्स क्लबले कास्कीको पोखरामा एक कार्यक्रमकाबीच सहयोग अभियानबाट संकलित ६ लाख ५० हजार १ सय ६३ रुपैयाँ पहिलो चरणमा हस्तान्तरण गरिएको हो । फ्यान्स क्लबका अभियन्ताद्वय लक्ष्मण काप्री र गण्डकी प्रदेश भलिबल टोलीका सदस्य राजन दर्लामी मगरले संकलित रकम ओम प्रकाश उपचाररत अस्पताल हरियो खर्क नयाँगाँउ पोखरामा पुगेर हस्तान्तरण गरेका थिए ।
फ्यान्स क्लबका अभियन्ताद्धय लक्ष्मण काप्री र गण्डकी प्रदेश भलिबल टोलीका सदस्य राजन दर्लामी मगरको पहलमा ओमप्रकाश परियारको उपचारको लागि गत २० भदौबाट सहयोग अभियान सुरु भएको थियो । फ्यान्स क्लबले शनिबार साँझसम्म सहयोग अभियान चलाएको थियो ।

अभियन्तामध्येका एक लक्ष्मण काप्रीले पहिलो चरणमा संकलन भएको नगद रकम मात्रै हस्तान्तरण गरिएको र दोस्रो चरणमा उठ्न बाँकी रहेका रकम संकलन गरेर हस्तान्तरण गरिने जानकारी गराए । गण्डकी प्रदेश प्रहरी भलिबल टिमका खेलाडी रहेका ओमप्रकाश तनहुँको देवघाटमा ड्युटी सकेर फर्कन क्रममा सडक दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।
भलिबल भनेपछि जहाँ पनि खेल्न पुग्ने पर्वतका ओमप्रकाश गत वर्षको १ माघमा तनहुँको देवघाटमा लाग्ने माघे संक्रान्तिको मेलाको ड्युटी सकेर फर्कने क्रममा नेपाल प्रहरी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु हुदा उनी पनि घाइतेहरुको सुचीमा रहेका थिए । आर्थिक अवस्था कमजोर रहेका उनको खुट्टा र ढाडको मेरुदण्ड भाँचिएको थियो ।

अभियानबाट संकलित रकम हस्तान्तरण कार्यक्रममा नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, नेपाल भलिबल संघका सचिव डिबी नेपाली, नेपाल जापान भलिबल संघका पुर्व अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका उपाध्यक्ष नवीन गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य तथा सल्लाहकार देवेन्द्र कार्की, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका कोषाध्यक्ष हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापनका विजय बराल र अमृत कोइरालालगायतको उपस्थिति रहेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]