5 years ago
November 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – डोटा टोली माई रिभेन्जले १२ औं ई-स्पोर्ट्स विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।

गत वर्ष आयोजना भएको दोस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको विजेता समेत रहेको माई रिभेन्जले दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगितामा जित हासिल गर्दै विश्व च्याम्पियनसिपका लागि छनोट भएको हो । नेपालले छनोटमा भारत र श्रीलंकालाई पराजित गरेको हो । नेपाली टोलीमा अभिनव शाक्य, आयुष पन्त, एरिन राइ, श्रनुप तन्डुकार र सुमित श्रेष्ठ रहेका छन् ।
कोरोना भाइरसले निम्त्याएको बिकराल परिस्थितिका कारण यस वर्षको क्षेत्रीय छनोट अनलाइन नै आयोजना हुनेछ । अन्तिम चरण भने इजरायलको एलिअत सहरमा हुनेछ । अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स महासंघ (आईईएसएफ) ले आयोजना गर्ने प्रतियोगितामा डोटा २ सँगै टेक्कन ७ र पीईएसमा प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]