5 years ago
January 25, 2021
विजय नेपाली, पोखरा
घरेलु भलिबलका चर्चित क्लबको सहभागितामा टाइगर ग्रुप अफ पोखराले यसै महिनाको अन्त्यमा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

माघ २७ गते देखि फागुन १ गते सम्म पोखरा रंगशालाको भलिबल कोर्टमा च्याम्पियनसिप सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा महिलातर्फ ४ र पुरुष तर्फ ४ टोलीको सहभागिता रहने बताइएको छ । तीन विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ न्यू डायमण्ड क्लब र पुरुषतर्फ भने गण्डकी प्रदेश चौथो टोलीका रुपमा रहनेछन् ।
राउन्ड रोविनपछि समूहका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको दुवै तर्फको विजेताले समान एक लाख ५० हजार, दोस्रो हुने टोलीले ७५ हजार तथा तेस्रोले ३५ र चौथो टोलीले १५ हजार रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलले खेलाडीले २० हजार तथा विधागत उत्कृष्ट सर्भर, सेटर , ब्लकर , डिफेन्डर र स्पाइकरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हाम्रो खेलकुद डट कमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
नेपाल भलिबल संघको समन्वय रहने प्रतियोगिताको व्यवस्थापन पश्चिमाञ्चल भलिबल संघले, संयोजन राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । पोखरा नगरपालिका विशेष सहयोगी रहने प्रतियोगितालाई सफल दुध सहयोगीका रुपमा रहने बताइएको छ ।
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]