default_image

5 years ago

February 9, 2021

एपिएफ स्तब्ध, न्यु डायमण्ड र पुलिस विजयी

197 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लबको महिला टोलीले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।

दिनको पहिलो खेलमा पुलिसले एपिएफमाथि सोझो सेटको जित हासिल गरेको हो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक रहँदा पुलिसले २६-२४ को जित हासिल गरेको थियो । दोस्रो सेटमा पुलिसले २५-२२ को जित हासिल गर्दा तेस्रो सेटमा एकतर्फी प्रदर्शन गर्दै २५-११ को जित दर्ता गर्यो ।

दोस्रो खेलमा होंगान्जी न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले पराजित गर्यो । पहिलो सेटमा २५-१२ को सहज जित दर्ता गरेको न्यु डायमण्डले त्यसपछि भने दुई सेट गुमायो । आर्मीले २५-२२ र २५-१८ को जित दर्ता गरेको थियो । चौथो सेटमा आर्मीले अन्त्यतिर लय गुमाउँदा खेल पाँचौ सेटमा लम्बिएको थियो । आर्मी २७-२५ ले सेट गुमाउन पुग्यो । पाँचौ सेटमा न्यु डायमण्ड १५-१३ ले जित हासिल गर्दै विजयी सुरुवात गर्यो ।

महिलातर्फ खेलपछि उद्घाटन समारोह समेत भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

दिनको अन्तिम खेलमा नेपाल पुलिस क्लबले स्थानीय टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पुलिसले पहिलो सेटमा निकै परिश्रम गर्नुपरे पनि २७-२५ ले जित हासिल गर्यो । दोस्रो सेटमा २५-२१ तथा तेस्रो सेट २५-२२ ले जित्दै पुलिसले विजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत बुधबार पुरुषतर्फ १०:३० बजे गण्डकी र आर्मी तथा १२:३० बजे नेपाल पुलिस र नेपाल एपीएफ क्लब भिड्नेछन् । महिलातर्फ एकमात्र खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.