5 years ago
February 10, 2021
पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

प्रतियोगिता दोस्रो दिन बुधबार त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित हात पारेको हो । पुलिस पहिलो सेटमा पराजित भएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ लगातार तीन सेट जित्दै खेल जितेको थियो ।
पहिलो सेट पुलिसले २५-१८ ले गुमाएको थियो । दोस्रो सेटमा भने खेल प्रतिस्पर्धात्मक बनेको थियो । अन्तिम दुई अंक लगातार जोड्दै पुलिसले २५-२२ ले जितेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसले आर्मीलाई २५-२३ ले हराएको थियो । चौथो सेटमा पुलिसले २५-१६ को सहज जित निकालेको थियो ।
लगातार दोस्रो जितसँगै पुलिसको फाइनल यात्रा बलियो बनेको छ । लगातार दुई खेलमा पराजित भएको आर्मीको फाइनल सम्भावना कठिन बनेको छ । पहिलो खेलमा पुलिसले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । आर्मी होंगान्जी न्यु डायमण्डसँग ३-२ ले पराजित भएको थियो ।
आज पुरुषतर्फ पनि आर्मी पराजित हुन पुग्यो । आर्मी घरेलु टोली गण्डकी प्रदेशसँग ३-१ को सेटमा पराजित भएको थियो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पहिलो सेटमा पराजित भएपनि त्यसपछि लगातार तीन सेट जित्दै गण्डकीले आर्मीलाई स्तब्ध पारेको थियो ।

पहिलो सेटमा आर्मी २५-२२ ले विजयी भएको थियो । दोसो सेटमा पनि आर्मीले सुरुवाती अग्रता लिएको थियो । तर लगातार १२ अंक जोडेपछि आर्मी गण्डकी सामू स्तब्ध हुन पुगेको थियो । गण्डकी दोस्रो सेटमा लगातार १२ अंक जोड्दा १६-६ को अग्रता लिएको थियो । गण्डीकले दोस्रो सेट २५-१४ को सहज जित हात पारेको थियो ।
तेस्रो सेटमा खेल सुरुवाती समय प्रतिस्पर्धात्मक भएको थियो । एक समय १४-१४ को अवस्थामा थियो । तर घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ तेस्रो सेट २५-१८ ले जित्यो । चौथो सेट २५-१७ ले जित निकाल्दै गण्डकीले आर्मीलाई स्तब्ध पारेको थियो ।
आर्मीका खेलाडीले खेलमा गल्ती बढी गरेका थिए । रेफ्रिको निर्णयमा पनि असन्तुष्टि बढी जनाएका थिए । योसँगै गण्डकीले फाइनल यात्रा सम्भावना कायमै राखेको छ । पहिलो खेलमा गण्डकी पुलिससँग ३-० ले पराजित भएको थियो । आर्मीले भने हारका साथ सुरुवात गरेको छ ।
बुधबार दोस्रो खेलमा एपिएफले पुलिसलाई ३-२ को सेटले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा एपिएफ २७-२५ ले विजयी भएको थियो । दोस्रो सेटमा पनि एपिएफ २५-२० ले अघि रह्यो ।
सुरुवाती दुई सेट गुमाएको पुलिसले लगातार दुई सेट जित्दै खेललाई पाँचौ सेटमा पुर्याएको थियो । तेस्रो सेटमा पुलिस २५-२० ले जितेको पुलिसले चौथो सेटमा सहज जित निकाल्ने क्रममा २५-९ ले एपिएफलाई हराएको थियो । पाँचौं सेटमा भने एपिएफले पुलिसलाई १५-१० ले जित्दै खेल जितेको थियो ।
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]