5 years ago
February 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आगमी चैतमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । स्पिन इभेन्टरस प्रा. लि को आयोजनामा चैत ७ देखि लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने छ । मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमा आयोजक स्पिन इभेन्टरस प्रा. लि र मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.ली बीच सम्झौता भएको छ । सम्झौता अनुसार मुख्य प्रायोजक भ्यालीले ९ लाख ७५ हजार प्रदान गर्ने छ । सह प्रायोजकमा पूर्ण शकर श्रेष्ठ, सम्झना ल्याचोरेटोरी क्लिनिक प्रा.लि, रवाबुरत्न कन्स्ट्रक्सन प्रा.लि रहने छन् ।
प्रतियोगितामा देशभरका वडाहरुबाट एक हजार भन्दाबढी खेलाडी सहभागी हुने आयोजक जनाएको छ । प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला र पुरष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुने छ । वर्तमान वरियताका शीर्ष १६ मा रहेका नेपाली टेबल टेनिस खेलाडीले भने प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
प्रतियोगिताको अनुमानित कुल बजेट १९ लाख ५० हजार रुपैयाँ रहेको छ । पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २५ सय नगद पुरुस्कार पाउने छन् । पदक तालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले नगद रु पँचास हजार रुपैयाँ र प्राप्त गर्ने छन् ।
प्रतियोगिता सरकारले लागु गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुने आयोजकले जानकारी दिएको छ । लामो समयदेखि कोभिड-१९ महामारीले खेलकुद गतिविधि सुस्त रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]