default_image

3 years ago

March 4, 2021

प्रधानमन्त्री कप भलिबलको सम्पूर्ण तयारी पूरा

बाँके (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा सगरमाथा सिमेन्ट सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँके भलिबल संघले जनाएको छ । प्रतियोगितामाविभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, […]

38 views

0 Bookmark

बाँके (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा सगरमाथा सिमेन्ट सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ ।

फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँके भलिबल संघले जनाएको छ । प्रतियोगितामा
विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानिय टोली लुम्बिनी युनाइटेडबीच प्रतिस्पर्धा हुने छ ।

दक्षिण एसियामा नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ व्यवस्थापनलाई विशेष ध्यान दिने तयारी गरेको संघका अध्यक्ष टीएस ठकुरीले बताए ।

यसपटक पुरस्कार राशीमा बृद्धि भएको छ । विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । गत वर्ष विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

यसपटक प्रधानमन्त्री कपलाई सगरमाथा सिम्नेट तथा राष्ट्रिय बाणिज्य बैंकले सहयोग गरेको छ । २०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौंमा पुलिसले जितेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता थियो ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.