5 years ago
March 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितालाई गंगादेशवी बस्त्रालयले सह–प्रायोजन गरेको छ । स्पिन इभेन्टरस प्रा ली. को आयोजनामा लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस सोमबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ ।

गंगादेवी बस्त्रालयले प्रतियोगिता खर्चको कुल ३० प्रतिशत बजेट ५ लाख ५० हजार रुपैयाँ आयोजकलाई प्रदान गर्ने बताइएको छ । आइतबार पत्रकार सम्मेलनमा आयोजक स्पिन इभेन्टरस प्रा ली. र गंगादेवी बस्त्रालयबीच सम्झौता भएको छ । अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग रहने प्रतियोगितालाई भ्याली कन्स्ट्रक्सन प्रा.लीले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगिताको सह –प्रायोजकमा गंगादेवी बस्त्रालयसँगै समाजसेवी पूर्ण शंकर श्रेष्ठ, सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि, बाबुरत्न कन्स्ट्रक्सन प्रा.लि. र मेटल सेपर छन् । अफिसियल बलको रुपमा डि.एच.एस. स्पोट्स नेपाल रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण (लाइभ) हाम्रो खेलकुद डट कमले गर्ने छ ।

प्रतियोगितामा देशभरका वडाहरुबाट पुरुषमा २६ टिम सहित ४ सय ३३ र महिलामा ८ टिम सहित ९० जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा महिला पुरुष टिम, महिला पुरुष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुने बताइएको छ । टेवल टेनिसका वर्तमान वरियताका शीर्ष १६ मा महिला र पुरुष खेलाडीले भने प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
प्रतियोगितामा १९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पुरुष र महिला सिंगल्सका विजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २ हजार ५ सय रुपैयाँ पाउने छन् । पदक तालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]