default_image

3 years ago

July 11, 2021

ब्राजिल विरुद्ध अर्जेन्टिना : सुरुवाती ११

एजेन्सी – कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिल र अर्जेन्टिनाले आफ्नो सुरुवाती ११ घोषणा गरेका छन् । अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गर्दा ब्राजिलले भने कुनै परिवर्तन गरेको छैन । अर्जेन्टिनाले आक्रमणमा एन्जल डी मारियालाई अवसर दिएको छ । उनले लाउटारो मार्टिनेज र कप्तान लिओनेल मेस्सीलाई साथ दिनेछन् । अघिल्लो खेलमा निको गोन्जालेजले सुरुवाती रोजाइमा खेलेका […]

44 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिल र अर्जेन्टिनाले आफ्नो सुरुवाती ११ घोषणा गरेका छन् । अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गर्दा ब्राजिलले भने कुनै परिवर्तन गरेको छैन ।

अर्जेन्टिनाले आक्रमणमा एन्जल डी मारियालाई अवसर दिएको छ । उनले लाउटारो मार्टिनेज र कप्तान लिओनेल मेस्सीलाई साथ दिनेछन् । अघिल्लो खेलमा निको गोन्जालेजले सुरुवाती रोजाइमा खेलेका थिए ।

त्यस्तै मिडफिल्डमा लिएन्द्रो पारेडेसले गिदो रोड्रीग्वेजको स्थान लिएका छन् । उनीसँग जिओभानी लो सेल्सो र रोड्रीगो डे पलले खेल्नेछन् । डिफेन्समा मार्कोस अकुना, गोन्जालो मोन्तिएल र क्रिस्टियन रोमेरो टोलीमा आएका छन् । निकोलस ओटामेन्डी नियमित छन् भने गोलरक्षक एमिलियानो मार्टिनेज पनि सुरुवात गर्दैछन् ।

यता ब्राजिलले सेमिफाइनलमा खेलेको टोलीलाई नै फाइनलमा उतारेको छ । गोलरक्षकमा एडरसनले नै निरन्तरता पाउँदा डिफेन्समा रेनान लोडी, थियागो सिल्भा, मर्किन्हस र ड्यानीलो रहेका छन् । रक्षात्मक मिडफिल्डमा क्यासेमिरो र फ्रेड छन् ।

ब्राजिलको आक्रमणको आकर्षणमा स्टार फरवार्ड नेयमार नै रहेका छन् । उनलाई रिचार्लीसन, लुकास पाक्वेटा र एभर्टनले साथ दिनेछन् । फरवार्ड ग्याब्रिएल जेसस प्रतिबन्धका कारण उपलब्ध नहुँदा एभर्टनले अवसर पाएका हुन् ।

अर्जेन्टिना (४-३-३):

मार्टिनेज : अकुना, ओटामेन्डी, रोमेरो, मोन्तिएल : डे पल, पारेडेस, लो सेल्सो : डी मारिया, मार्टिनेज, मेस्सी

ब्राजिल (४-२-३-१):

एडरसन : ड्यानीलो, मार्किन्हस, सिल्भा, लोदी : क्यसेमिरो, फ्रेड : रिचार्लीसन, पाक्वेटा, एभर्टन : नेयमार

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

Success

Thank you for your time.