default_image

4 years ago

July 21, 2021

टोकियो ओलम्पिक : नेपाली खेलाडी खेल्ने सम्पूर्ण विवरण

328 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुदैछ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियलहरु जापानमा भेला हुने क्रममा रहेका छन् ।

८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबल लगायतका सामूहिक खेलहरु शुरु भइसक्नेछन् । नेपालबाट यसपटम टोकियो ओलम्पिकमा ४ खेलबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । पौडी, सुटिङ र जुडोका खेलाडीहरु जापान पुगिसकेका छन् । एथ्लेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्नेछन् ।

टोकियो ओलम्पिक २०२० को उद्घाटन भएको भोलिपल्ट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेश गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको तौल समूहको खेल विहान ७:४५ बजेदेखि सुरु हुनेछ । पहिलो चरण पारे गरे लगातार खेलको अन्य चरण त्यसै दिन हुनेछ ।

यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । छनोट चरणमा उनको खेल विहान ५:१५ बजेदेखि सुरु हुनेछ । छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ । ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदक भन्दा पनि आफ्नो प्रदर्शन सुधार गर्नु नै हुनेछ ।

२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्ट दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

२८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको हिट चरण दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

३० जुलाईमा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । खेल विहान ९ बजेपछि सुरु हुनेछ । यो टोकियो आलेम्पिकका नेपालको लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । सुरुवाटमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिएपनि अन्तिम समयमा सरस्वती चौधरीले १ सय मिटर दौडमा खेल्ने अवसर पाएकी हुन् । हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ ।

गौरिका सिंह दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकको अवसर बटुल्नेछन् । गौरिका रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । यसपटक नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २४ जनाको टोली जापान पुग्नेछन् ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तथा नेपाल ह्यान्डबलका अध्यक्ष तेज गुरुङ र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव उपाध्यक्षले अन्तिम समयमा जापान नजाने निर्णय गरेका छन् । सेभ दि मिसनको रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल रहेका छन् ।

यो पनि : नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्रा

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.