4 years ago
July 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोकी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो खेलमा रसिया ओलम्पिक कमिटिकी इरिना डोल्गोभासँग पराजित भएकी छिन् ।

राउन्ड अफ ३२ को प्रतिस्पर्धामा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन् । इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरेकी हुन् । अब इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत पुन: प्रतिस्पर्धा गर्न पाउनेछिन् । दोस्रो चरणको खेल आज नै हुनेछ ।
त्यसअघि शनिबार नै सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।

तस्बिर : एनएसजेएफ
यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।
छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । छनोटमा नर्वेकी हेग दुस्तादले ६ सय ३२.९ स्कोरसहित शीर्ष स्थान हासिल गरिन् । उनीसँगै दक्षिण कोरियाकी पार्क हिमुन (६३१.७), अमेरिकी मेरी टकर (६३१.४), दक्षिण कोरियाकै यूंजी क्वोन (६३०.९), फ्रान्सेली ओसिएन मुलर (६३०.७), चीनकि किआन याङ (६२८.७), स्विस निना क्रिस्तिएन र आरओसीकी अनास्तासिया गलाशिना (६२८.५) ले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल आज नै हुनेछ ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् । चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी उनके अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् । अन्तिम सिरिजको पाँचौ प्रहारमा ८.८ स्कोर हुँदा समग्रमा जम्मा १००.७ स्कोर जोडिन् । समग्रमा ६ सय १६.८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भइन् ।

इभेन्टमा ५० जनाको सहभागिता थियो । कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र सरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् । भारतले पदक आशा गरेकी इलाभेनिल भालरभियन ६२६.५ स्कोरसहित १६ औं स्थानमा रहिन् । भारतकै अपुर्भी चन्डेला ६२१.९ स्कोरसहित ३६ औं स्थानमा रहिन् । भुटानकि लेन्चु कुन्जाङ ६१८.१ स्कोरसहित ४३ औं स्थानमा रहिन् ।
कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् । त्यसपछि सन् २०१९ मा नेपालमै भएको सागमा उनले प्रदर्शन सुधार गरेकी थिइन् । सागमा उनी चौथो भएकी थिइन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]