default_image

4 years ago

August 9, 2021

तथ्यांकमा ओलम्पिक : अमेरिका लगातार तेस्रोपटक शीर्ष

158 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिक ‘टोकियो ओलम्पिक २०२०’ को अन्तिम दिन अमेरिकाले ३ स्वर्ण थप्दै शीर्षस्थानमा ओलम्पिक सकाएको छ । सुरुवाती दिनदेखि नै अधिकांश समय दोस्रो स्थानमा रहेको अमेरिकाले अन्तिम दिन ३ स्वर्ण थपेपछि ओलम्पिकको सुरुवाती दिनदेखि नै अग्रतस्थानमा रहेको चीनलाई पछि पार्दै शीर्ष स्थानमा ओलम्पिक टुंग्याएको हो ।

ओलम्पिकको अन्तिम दिन सबै ३ सय ४० स्वर्ण ३३८ रजत र ४०२ कास्यगरी १०८० पदकको छिनोफानो भएको छ । ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीका ११ हजार ९० एथलिटले ३३ खेलमा विभिन्न ३३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । नेपालसहित ११२ राष्ट्र पदकविहीन बने । टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा अग्रता बनाएको छ । चीनलाई पछि पार्दै अमेरिकाले लगातार तेस्रो पटक शीर्ष स्थान ओगटेको हो । सन् २०१२ को लन्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा पनि अमेरिका शीर्ष स्थानमा रहेको थियो ।

अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यगरी कुल ११३ पदक जित्न सफल भयो । चीनले अन्तिम दिन स्वर्ण जित्न नसकेपछि दोस्रो स्थानमा चिक्त बुझाउन बाध्य बन्यो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यगरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ कास्यगरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो ।

बेलायत २२ स्वर्ण २१ रजत र २२ कास्य गरी ६५ पदक जित्दै चौथो स्थानमा रह्यो । रसियन ओलम्पिक कमिटि टोली (आरओसी) २० स्वर्ण, २८ रजत र २३ कास्यसहित ७१ पदक जित्दै शीर्ष पाँचमा रह्यो । १७ स्वर्ण, ७ रजत र २२ कास्यगरी कुल ४६ पदक जितेर अष्ट्रेलिया छैटौ स्थानमा रह्यो । नेदरल्यान्ड्स १० स्वर्ण, १२ रजत र १४ कास्यगरी ३६ पदक जित्दै सातौ स्थानमा रहँदा फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित ३३ पदक जितेर आठौं स्थानमा रह्यो ।

जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यगरी ३७ पदकसहित शीर्ष नवौं स्थानमा रह्यो । १० स्वर्ण, १० रजत र २० कास्यगरी ४० पदक जित्दै इटाली शीर्ष १० मा रह्यो । क्यानडाले ७ स्वर्ण, ६ रजत र ११ कास्यगरी २४ पदक हात पार्यो । ब्राजिल ७ स्वर्ण, ६ रजत र ८ कास्यगरी कुल २१ दिक जित्दै १२औं स्थानमा रह्यो । न्युजिल्यान्डले ७ स्वर्ण, ६ रजत र ७ कास्यगरी २० पदक जित्यो । क्युवाले ७ स्वर्ण, ३ रजत र ५ कास्यगरी १५ पदक जित्दै १४औं स्थानमा रह्यो । हंगेरीले ६ स्वर्ण, ७ रजत र ७ कास्यगरी २० पदक जित्यो ।

दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र १० कास्यगरी कुल २० पदकसहित १५औं स्थानमा रह्यो । पोल्यान्डले ४ स्वर्ण, ५ रजत र ५ कास्यगरी १४ पदक जित्यो । चेक रिपब्लिकले ४ स्वर्ण, ४ रजत र ३ कास्यगरी ११ पदक जितेको छ । केन्याले ४ स्वर्ण, ४ रजत र २ कास्यगरी १० पदक जित्यो । नर्वेले ४ स्वर्ण, २ रजत र २ कास्य गरी ८ पदक जित्दै शीर्ष २० मा रह्यो । जमैकाले ४ स्वर्ण, १ रजत र ४ कास्य गरी ९ पदक जित्यो ।

स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, डेनमार्क, क्रोएसिया, इरान, सर्विया बेल्जियम, बुल्गेरिया, स्लोभेनिया र उज्वेकिस्तान गरी ११ राष्ट्रले समान ३–३ स्वर्ण जित्न सफल भयो । जर्जिया, चाइनिज ताइपेइ, टर्की, ग्रीस, युगान्डा, इक्वेडर, आयरल्यान्ड, इजरायल, कतार, बहमास र कोसोभो गरी ११ राष्ट्रले समान २–२ स्वर्ण जित्न सफल भयो ।

युक्रेन, बेलारुस, रोमानिया, भेनेजुएला, भारत, हङकङ, फिलिपिन्स, स्लोभाकिया, दक्षिण अफ्रिका, अष्ट्रिया, इजिप्ट, इन्डोनेसिया, इथियोपिया, पोर्चुगल, ट्युनिसिया, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बर्मुडा, मोरोक्को, प्युरेटो रिको गरी २२ राष्ट्रले समान १–१ स्वर्ण जित्न सफल भयो । यस्तै जमैकाले महिला १ सय मिटरमा तथा स्विट्जरल्यान्डले साइक्लिङको वुमन्स क्रस कन्ट्री माउन्टेन बाइकमा पोडीएम नै स्विप गरे ।

यसपटकको ओलम्पिकमा कतार, बर्मुडा र फिलिपिन्सले इतिहासकै पहिलो स्वर्ण पदक जिते । त्यस्तै बर्किना फासो, सान मारिनो र तुर्कमेनिस्तानले ओलम्पिकको पहिलो पदक जिते । यसपटक जापानले सफ्टबल, कराते, स्पोर्ट क्लाइम्बिङ, सर्फिङ र स्केटबोर्डिङ समावेश गरेको थियो । यस्तै विभिन्न खेलको मिक्स टिम इभेन्टले पनि ओलम्पिकमा पुनरागमन गरेको थियो ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६५ राष्ट्रले स्वर्ण जित्दा ९३ राष्ट्रले पदक जित्न सफल भए । ओलम्पिक जापानको टोकियो शहरका २३ जुलाईदेखि ८ अगस्टसम्म भएको थियो । ३३औं संस्करणको ओलम्पिक सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.