default_image

4 years ago

September 13, 2021

आर्मीका बक्सरले विश्व मिलिटरी बक्सिङमा प्रतिस्पर्धा गर्ने

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ८ बक्सरले रुसको मस्कोमा हुने ५८ अ‍ौं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आर्मीले सोमबार एक कार्यक्रममाझ सहभागी खेलाडी तथा अफिसियललाई बिदाई तथा शुभकामना व्यक्त गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शुभकामना सन्देशसहित पदक जित्ने विश्वास रहेको बताए । उनले खेलाडीले अनुभव बटुल्ने सँगै भविष्यमा पनि यस्ता प्रतियोगिताले खेलाडीको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसै भदौ ३१ देखि असोज १० सम्म हुने प्रतियोगितामा समान ४-४ महिला र पुरुष बक्सरले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ आशिष दवाडी, दानबहादुर दर्लामी, प्रेम चौधरी र १३ अ‍ौं सागका पदकधारी सुशील थापामगरले सहभागिता जनाउने छन् । महिलातर्फ १३ अ‍ौं सागकी स्वर्णधारी मिनु गुरुङसँगै विमला श्रेष्ठ, पुनम रावल र चन्द्रकला थापाले खेल्नेछन् ।

टोलीको सेफ द मिसनमा उपरथी निरन्जन कुमार श्रेष्ठ तथा कप्तानमा उज्वल केसी छन् । प्रशिक्षकमा विशाल शम्शेर थापा, देवेन्द्र राज सिंह ठकुरी र उमेश लामा रहेका छन् । ताराराम श्रेष्ठ रेफ्री तथा श्याम खड्का स्वास्थ्य टोलीका सदस्यका रुपमा रहनेछन् ।

नेपाली सेना २०७५ सालदेखि विश्व मिलिटरी खेलकुद परिषद (सिआइएसएम) को सदस्य रहँदै आएको छ । आर्मीले यसअघि सन् २०१९ मा सातौं विश्व सिआइएसएम खेलकुदमा पनि प्रतिस्पर्धा गरेको थियो । त्यसबेला बक्सिङ खेलाडीेले पाचौं स्थानसम्म हासिल गरेका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.