4 years ago
September 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नयाँ बजार सामाजिक युवा क्लबको जितसँगै विभागीय त्रिभुवन आर्मी क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा नयाँ बजारले कर्णली प्रदेशमाथि सहज जित निकाल्दै एक खेल बाँकी छदै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो सेटमा २५–१८ को जित निकालेको नयाँ बजारले त्यसपछिको दुई सेट २५–१९ र २५–२१ ले जित्न सफल भयो । नयाँ बजारको जितले आर्मी पनि एक खेल बाँकी छदै क्वाटरफाइनलमा पुग्न सफल भयो । अब आर्मी र नयाँ बजारबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । लगातार दोस्रो हारसँगै कर्णाली प्रदेश च्याम्पियनसिपबाट बाहिरिएको छ ।
यस्तै गल्कोट स्पोर्ट्स क्लबले प्रदेश २ लाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गर्न सफल भयो । पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकालेको गल्कोटले त्यसपछिको दुई सेटमा २५–२१ र २५–१८ को सहज जित निकाल्यो । लगातार दोस्रो जितसँगै समूह ‘ए’ मा गल्कोटले दुई खेलबाट ६ अंक जोडेको छ । प्रदेश २ ले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले बागमती प्रदेशलाई २५–१६, २५–१३ र २५–१२ का सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । जितपछि हेल्प नेपालले ३ अंक जोडेको छ । यो समूह ‘ए’ मा बागमतीले दुई खेल खेल्दा अंक जोड्न सकेको छैन ।
समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशले दावाली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिलो सेटमा २५–१२ को सहज जित निकालेको गण्डकीले त्यसपछिको सेटमा संघर्ष गर्नुपर्दा दोस्रो सेटमा २५–२२ को जित निकाल्दा तेस्रो सेट २०–२५ ले गुमाउन पुगेको थियो । चौथो सेटमा पछि परेको अवस्था उल्ट्याउँदै गण्डकीले २७–२५ को जित निकाल्न सफल भयो ।
जितपछि गण्डकीले एक खेलबाट ३ अंक जोडेको छ । दावालीले दुई खेल खेल्दा अंक जोड्न सकेको छैन । यस्तै नेपाल पुलिस क्लबले मणि मुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । पुलिसले मणिमुकुन्दमाथि २५–१४, २५–१५ र २५–१७ को सहज जित निकाल्यो । लगातार दोस्रो जितसँगै पुलिसको दुई खेलबाट ६ अंक पुगेको छ ।
यस्तै अर्काे खेलमा ढोरपाटन स्पोर्ट्स क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित निकालेको छ । पहिलो सेटमा २५–१९ को जित निकालेको ढोरपाटनले त्यसपछि २५–२३ र २५–२० को जित निकाल्न सफल भयो । यो जितसँगै ढोरपाटनले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहको अन्तिम खेलमा मंगलबार एपिएफले बुढानिलकण्ठलाई हराउन सके ढोरपटन समूह उपविजेताको रुपमा अघि बढ्नेछ ।

१० देखि १६ असोजसम्म हुने च्याम्पियनसिपको तेस्रो दिन पुरुषतर्फको समूह चरणको ४ र महिलातर्फको दुई खेलमा प्रतिस्पर्धा हुनेछ । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले प्रदेश नम्वर दुई, मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लबले नयाँबजार र एपिएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । महिलातर्फ एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब तथा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल ट्रेनिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, प्रदेश नम्वर २, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन् ।
समूह ‘सी’ मा त्रिभुवन आर्मी क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह ‘डी’ मा नेपाल एपीएफ क्लब, बुढानिलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहेका छन् । समूह ‘बी’ मा होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब, रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ ।
च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो ।
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]