default_image

4 years ago

November 21, 2021

जावलाखेललाई हराउँदै मनाङको विजयी सुरुआत

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबले नयाँ सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । मनाङले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगमा सुखद् सुरुआत गरेको हो ।

मनाङको जितमा दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५७औं मिनेटमा गोल गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलको कुनैपनि उल्लेख्य मुभ सिर्जना गर्न सकेको थिएन ।

३१औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा एडिलाजा सोमिडेको मिलाईदिएको हेडर पासमा ओलावाले आफिजले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

४५औं मिनेटमा सुरज ज्यु ठकुरीको कर्नरमा ओनागुना एनकेंगे जुनियरको हेडर क्रसबारमा लागेर फर्कदा जावलाखेल अग्रता लिनबाट चुक्यो । ४९औं मिनेटमा हुलमुलमा दयानन्द सिंहले गरेको प्रहार पोस्टबाट आकासिदा मनाङ अग्रता लिनबाट चुक्यो ।

५४औं मिनेटमा एडिलाजा सोमेडेको क्रसमा गोलरक्षक अघि बढेको अवस्थामा अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरिदा मनाङले अग्रता लिन सकेन । ५७औं मिनेटमा दयानन्द सिंहको कर्नरमा दिनेश राजवंशीले हेडरमार्फत गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । गोलरक्षक तथा कप्तान टेकेन्द्र सिंह थापा अघि बढेको अवस्थामा दिनेशको हेडरले जाली चुम्न पुगेको थियो ।

७३औं मिनेटमा जुनियरको पासमा सुनिल खड्काले सुवर्ण अवसर खेर फाल्दा जावलाखेल बराबरीबाट चुक्यो । ८९औं मिनेटमा अन्जन विष्टको पासमा ओलावाले अफिजले डि बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । त्यसपछि थप गोल निस्कन दिनेशको गोल नै मनाङलाई ३ अंक जोड्न पर्याप्त बन्यो । जितपछि मनाङले ३ अंक जोडेको छ । जावलाखेलले अंक जोड्न सकेन ।

लिगमा सोमबार पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच तथा दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । खेल १ बजे र ४ः४५ बजे हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.