default_image

4 years ago

November 21, 2021

‘ठूलो टिममा स्टार खेलाडी हुँदा धेरै योजना बनाउनु पर्दैन’

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीका रुपमा मनाङ मर्स्याङ्दी क्लबमा खेलेका राजेन्द्र तामाङ अहिले प्रशिक्षकको रुपमा क्लब सम्हालिरहेका छन् । झन्डै १२ वर्षपछि फरक भूमिकामा क्लब फर्केका तामाङले ए डिभिजन लिगको पहिलो खेलमा जितको स्वाद चाखे ।

जावलाखेल युवा क्लबलाई १-० ले पराजित गर्दा दोस्रो हाफमा दीनेश राजवंशीले हेडरमार्फत गरेको गोल नै निर्णायक सावित भयो । खेलको अधिकांश समय जावलाखेललाई दबाबमा राखेको मनाङले ३ अंक जोड्यो । खेलपछि बोल्दै प्रशिक्षक तामाङले दिएको अभिव्यक्ति भने केहि आश्चर्य मान्नैपर्ने खालको थियो । कारण उनले ठूलो टोली र स्टार खेलाडी हुँदा प्रशिक्षकका रुपमा धेरै योजना बनाउनु नपर्ने बताए ।

‘स्टार खेलाडीले भरिपूर्ण टोली छ । जावलाखेलविरुद्ध हामीलाई जित चाहिएको थियो । तर ठूलो टोलीमा स्टार खेलाडीहरुलाई खासै धेरै योजना बनाउनु पर्दैन । खेलाडीहरु आफैं अन्तर्राष्ट्रिय अनुभव बोकेका हुन्छन् । उनीहरुलाई कसरि खेल्नुपर्छ थाहा छ । सामान्य छलफल गरेका थियौं, र जित पनि हासिल भयो,’ उनले भने ।

अघिल्लो सिजन नेपाल एपिएफ क्लबको जिम्मेवारी सम्हालेका तामाङले २०७२ सालमा रुस्लान थ्री स्टारले राष्ट्रिय लिगको उपाधि जित्दा पनि टोली सम्हालेका थिए । यसपटक मनाङ उपाधि दाबेदारको रुपमा खेलिरहँदा विजयी सुरुवात गर्न सफल भयो । अन्जन विष्ट, दीनेश राजवंशी र पुजन उपरकोटीजस्ता राष्ट्रिय टोलीका नियमित खेलाडी टोलीमा छन् । विदेशी खेलाडीका रुपमा फरवार्डद्वय आदेलाजा सोमिडे र ओलावाले आफिजसँगै मिडफिल्डर दयानन्द सिंह छन् । राष्ट्रिय टोलीमा परिसकेका नितिन थापा, आदित्य चौधरी र विशाल सुनार पनि मनाङकै जर्सीमा खेलिरहेका छन् ।

प्रशिक्षक तामाङले जावलाखेलविरुद्ध मिडफिल्डमा बल राख्न नसक्दा केहि समस्या परेको भने स्वीकारे । ‘हामीले जित निकाल्यौं तर सहज भने भएन । जावलाखेलले हामीलाई सोचेजस्तो बल राख्न दिएन । उनीहरुले पनि केहि अवसर सिर्जना गरे,’ उनले भने, ‘पुजन, नितिन र दयाको जोडी पहिलो पटक खेलेको हो । तीन जना अन्तर्राष्ट्रिय स्तरका खेलाडी हुन् र उनीहरुलाई एक आपसमा खेल्नेबारे थाहा छ । बल होल्ड गर्ने हो कि, एक आपसमा पास गर्ने हो वा विंग प्ले गर्ने हो, त्यो निर्णय गर्न सक्छन् । आउने खेलमा समन्वय सुधार होला ।’

प्रशिक्षक तामाङले नितिन पहिलो पटक टोलीमा खेलिरहेका कारण जम्न केहि समय लाग्ने बताए । ‘नितिन पहिलो पटक टोलीमा खेल्दैछ । आज त्यसैले पनि अलि विश्राम दिन चाडै निकाले । आउने दिनमा तीन मिडफिल्डरबीच समन्वय सुध्रन्छ,’ तामाङले भने । तामाङसँगै नाइजेरियन प्रशिक्षक तोपे फुजा मनाङको प्रशिक्षण टोलीमा रहनेछन् । फुजा भिसाका समस्याले गर्दा यसै साता मात्र नेपाल आइपुग्नेछन् ।

यता जावलाखेलका प्रशिक्षक किशोर केसीले टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए । ‘ मनाङ राम्रो टोली हो । तर हामीले पनि अवसर सिर्जना गरेका हौं । अन्त्यसम्म पनि हामीले गोल गर्न प्रयास गर्यौं । खेलाडीले मिहिनेत गरेका हुन्, नतिजा सोचेजस्तो भएन,’ उनले भने ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.