4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) पहिलो राउन्डको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नै हुनेछ ।

पहिलो खेलमा विभागीय डर्वीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेपछि हुनेछ । उपाधि दावेदार दुवै टोली जित निकाल्दै लिगमा सुखद् सुरुआत गर्ने योजनामा मैदान उत्रनेछन् ।
गत सिजन दोस्रो स्थानमा चित्त बुझाएको आर्मी यसपाली च्याम्पियन बन्ने लक्ष्यमा रहँदा पुलिसलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।
भरत खवासको कप्तानीमा उत्रने आर्मीसँग जर्ज प्रिन्स कार्की, गौतम श्रेष्ठ, सुमन अर्याल, विकेश कुथु, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, दिनेश हेन्जन र विकास तामाङ लगायतको खेलाडीको साथ रहेको छ । चोटका कारण फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवास टोलीमा हुनेछैनन् ।
यता, चार पटकको लिग च्याम्पियन पुलिस पनि आर्मीलाई हराउँदै लिगमा सुखद् सुरुआत गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग जुमानु राई, भरत शाह, हेम तामाङ, नीरकुमार राई, सुमन लामा, तेज तामाङ, अजित भण्डारी, रवि पासवान, रविन श्रेष्ठ, सन्तोष हेमरुन, अञ्जन राई, बुद्ध बल तामाङ, रोशन खड्का र तीर्थबहादुर बस्नेतको साथ रहेको छ ।

गत सिजनको लिगमा आर्मीले ४–२ को जित निकालेको थियो । आर्मी सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा पुलिस उक्त हारको बदला लिने योजनामा हुनेछ ।
दिनको दोस्रो खेलमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दैछ । खेल दिउँसो ४ः४५ बजेपछि हुनेछ । मच्छिन्द्र एनआरटीलाई हराउँदै उपाधि रक्षा अभियान थाल्ने छ भने एनआरटी मच्छिन्द्रलाई स्तब्ध पार्दै लिगमा सुखद् सुरुआतको योजनामा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]