4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) पहिलो राउन्डको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुदाँ गत सिजनको च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजेपछि हुनेछ । साविकको विजेता मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) लाई हराउँदै लिगको उपाधि रक्षा अभियान थाल्नेछ ।
स्टार खेलाडीले भरिएको मच्छिन्द्रसँग बिमल घर्तीमगर, मनिष डाँगी, कप्तान सुजल श्रेष्ठ, रेजिन धिमाल, विशाल राई, सुनिल बल, रेजिन सुब्बा, अभिषेक रिजाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, विजय धिमाल, छिरिङ गुरुङ, दिलेन लोक्तामको साथ रहेको छ । विदेशी खेलाडीको रुपमा नुर्लान नोब्रुजोभ र एन्ड्रिएस निया रहेका छन् ।
यता, एनआरटी पनि पहिलो खेलमा च्याम्पियन मच्छिन्द्रलाई स्तब्ध पार्दै लिगमा सुखद् सुरुआतको लक्ष्यमा मैदान उत्रनेछ । गत जेठमा सम्मन्न नेपाल सुपर लिगमा उच्च प्रदर्शन गरेका मेसुके ओलोमोउ र स्टेफेन समिरको साथ पाएको एनआरटीसँग अरु प्रतिभावान खेलाडी पनि रहेका छन् । एरिक विष्ट, दर्शन गुरुङ, अजित प्रजापति, राजेश परियार, अशोक थापामगर, शिव गुरुङ, रञ्जन विष्ट, विक्रम धिमाल र दिपेश आलेमगर टोलीमा रहेका छन् ।
अघिल्लो लिगमा मच्छिन्द्रले एनआरटीलाई १–० ले पराजित गरेको थियो । मच्छिन्द्र सोही जितलाई निरन्तरता दिने योजनामा रहँदा एनआरटी उक्त नतिजालाई उल्ट्याउने लक्ष्यमा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]